कानूनको विवादमा परेका बालबालिका सँग सामाजिक कार्यकर्ता

काठमाडौं । आज मार्च महिनाको अन्तिम दिन, अर्थात सामाजिक कार्य महिनाको अन्तिम दिन पनि । नेपालमा पनि यस् महिनामा “सामाजिक कार्यद्घारा विविधताको सम्मान” भन्ने मुल नाराका साथ विभिन्न शैक्षिक संस्था तथा संघसंस्थाले यस (सामाजिक कार्य) पेसालाई स्थानिय तहदेखि नीतिगत तहसम्म चिनाउने उद्देश्यले विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरेका छन् । तर सामाजिक कार्यलाई मान्यता प्राप्त पेशा बनाउनका लागि यतिका वर्षदेखि गरिएका प्रयासहरू पर्याप्त भएको देखिदैन । नेपालमा अझै पनि व्यावसायिक सामाजिक कार्यका लागि चुनौतीहरुको चाङ रहेको र यसलाई सम्बोधन गर्न धेरै अथक प्रयासहरुको आवश्यकता देखिन्छ ।

सामाजिक कार्यकर्ताहरूको विभिन्न भूमिका र जिम्मेवारीहरू छन जुन व्यक्ति, परिवार र समुदायहरूलाई उनीहरूको कल्याण र जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्ने उद्देश्यले गरिन्छ । नेपालमा पनि सामाजिक कार्यको दायरा फराकिलो र विविध छ, जसले व्यक्ति, परिवार र समुदायको जीवनमा फरक पार्ने धेरै अवसरहरू प्रदान गर्दछ । सामाजिक न्याय प्रवद्र्धन गर्न, सामाजिक समस्याहरूलाई सम्बोधन गर्न र मानिसहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउन नेपाली समाजमा पनि सामाजिक कार्यकर्ताहरू आवश्यक रहेको देखिन्छ ।

कानूनको विवादमा परेका वा फैजदारी कसुरमा संलग्न बालबालिकालाई कैदको सजाय हुँदा वाबालबालिकाको सुधार, पुनस्थापना र उनिहरुका सामाजिक समस्याहरुको सम्बोधन गर्ने प्रयासमा सामाजिक कार्यकर्ताको भुमिका अत्यन्त महत्तवपुर्ण हुन्छ ।
बालबालिका नियन्त्रणमा रहेको अवस्थामा
बालबालिकालाई नियन्त्रणमा लिँदा र निगरानी कक्षममा रहँदा वा प्रहरीद्घारा बालबालिकालाई सोधपुछ गर्दाका अवस्थामा उनीहरुलाई भावनात्मक र अन्य सहायता गर्न सामाजिक कार्यकताको उपस्थितिको आवश्यक छ । बालबालिकाको मुद्दाको पुर्पक्ष पुर्वको अवस्थामा उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन समाजिक कार्यकर्ताले महत्तवपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।
दिशान्तरको व्यवस्थापन
पुर्पक्ष पुर्व दिशान्तर अपनाइयो भने सामाजिक कार्यकर्ताले दिशान्तरको उपयुक्त कार्यक्रम छनोट गरि त्यसको सफलतापूर्वक कार्वान्वयन गर्न सहयोग पुर्याउन सक्छन् ।

बाल सुधार गृह
सामाजिक कार्यकर्ताहरूको अन्तर्राष्ट्रिय महासंघ क्ष्ँक्ध् ले सामाजिक कार्यको तीन प्रमुख कार्य क्षेत्रहरू तय गरेको छ ःसामाजिक परिवर्तन र प्रवद्र्धन, मानव सम्बन्धको समस्या समाधान र मानिसहरूलाई आफ्नो क्षमता अभिवृद्धि गर्न सशक्त बनाउने । यही कार्य क्षेत्रहरूमा रहेर बाल सुधार गृहहरुमा सामाजिक कार्यकताले बालबालिकाको परिस्थिति र विशेषताहरूमा सामाजिक अनुसन्धान प्रतिवेदनहरू तयार गर्ने, मनोवैज्ञानिक सामाजिक परामर्श प्रदान गर्ने, क्षमता विकास कार्यक्रम, समुदायमा युवा अपराधीहरूको पर्यवेक्षण, परिवार पुनर्मिलनको लागि तयारी, पोस्ट–रिलीज केयर गर्ने गर्दछन् ।
बाल सुधार गृहमा सामाजिक कार्यकर्ताले बालबालिकालाई पारिवारीक वातावरण सृजना गर्न वा परिवारलाई बालबालिकासँग धेरै भन्दा धेरै सम्पर्कमा रहन र पारिवारीक विछोड भएका वा परिवारको ठेगान नलागेका बालबालिकाहरुको परिवारको ठेगान लगाई परिवारमा पुनर्मिलन गराउन सामाजिक कार्यकर्ताको भूमिका खेल्दै आएको छन । यस सेटिङमा सामाजिक कार्यकर्ताहरूको भूमिका अपराधको कारण पहिचान गर्न र कानूनसँग बाझिएका बालबालिकाहरूको पुनस्र्थापनाको लागि आवश्यक सिफारिसहरू गर्न सम्बन्धित छ । सामाजिक कार्यकर्ताहरूले गृहहरूमा सामूहिक कार्य वा व्यक्तीगत सामाजिक कार्यको माध्यमबाट सेवा प्रधान गर्ने गर्दछन् । हालनेपालमा ८ वटा बाल सुधार गृहहरुमा ३५ बालिका र ११२९ बालका गरि जम्मा ११६४८जना कानुनको विवादमा परेका बालबालिकाहरु बस्दै आएका छन ।
बाल ईजलास
साथै बाल ईजलासमा पनि सामाजिक कार्यकर्ताहरूले महत्वपूर्ण भूमिका खेल्छन् । बालबालिकाको सर्वोत्तम हितको लागि वकालत गर्दै र न्याय प्रणालीमा संलग्न बालबालिकाहरूलाई उपयुक्त सहयोग र हस्तक्षेपहरू प्राप्त गर्न सुनिश्चित गर्न काम गछर्न ।नेपालमा फौजदार कसुरमा संलन बालबालिकाको मुद्दाको अनुसन्धान र न्यायिक निरुपण गर्दा सामािजक अध्ययन प्रतिवेदनलाई आधार बनाउनुपर्ने गरि कानूनी व्यवस्था भएको पाईन्छ । बाल न्यायपद्घतिअनुसार न्याय सम्पादन गर्नको लागि बाल इजलाशमा सामाजिक कार्यकर्ता वा समाजसेविको अनिवार्य उपस्थिति एवं सामाजिक कार्यकर्ताले तयार पार्ने सामाजिक अध्ययन प्रतिवेदनको आधारमा न्याधिशलाई बालबालिका सम्बन्धमा उपयुक्त निर्णय लिन सहयोग गर्नेछन् । बालबालिकालाई दिशान्तरको उपयुक्त तरिका अपनाउनसमेत सामाजिक अध्ययन प्रतिवेदनले सहयोग गर्दछ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ दफा ६२ अनुसार समाजसेवी (सामाजिक कार्यकर्ता) तथा बालमनोविज्ञको रुपमा काम गर्न चाहनेले स्थानीय बालअधिकार समिती समक्ष तोकिए बमोजिम आफ्नो नाम सूचीकृत गराउनुपर्ने व्यवस्था रहेको छ । नियुक्ति भएका समाजसेवीलाई नेपाल सरकारले तोकेको बमोजिमको सेवा , सुविधा जिल्ला अदालतले उपलब्ध गराउने प्रावधान उल्लेख गरिएको छ ।
बल न्याय सम्पादन कार्यविधि नियमावलि, २०७६ नियम १३ मा समाजसेवीको (सामाजिक कार्यकर्ता) योग्यता, नियुक्ति तथा सेवाको सर्तका बारेमा उल्लेख गरएको छ । मान्यता प्राप्त विश्वविद्यालयबाट सामािजक कार्य, बालविकास वा बालअधिकारको विषय लिई कम्तीमा स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेको वा मान्यता पाएको विश्वविद्यालबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेका बालअधिकार वा समाजसेवाका सम्बन्धमा कम्तीमा एक महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने र फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने व्यवस्था रहेको छ ।

सन्दर्भ विश्व सामाजिक कार्य महिना

अनिस पौड्याल
सामाजिक कार्यकर्ता तथा सामाजिक कार्य अध्यापक , काठमाडौं ।

Advertisment