विपन्न्न समुदायले आफ्नो आवश्यकता बमोजिम तोकिएको समय र न्यून लागतमा सजिलै वित्तीय सेवा प्राप्त गर्न सकेमा मात्र देशमा रहेको वेरोजगारी गरिवी र विपन्नताको न्यूनिकरण गर्न सकिन्छ । वित्तीय पहुँचबाट टाढा रहेका २१ प्रतिशत गरिबीको रेखामुनि बाँचिरहेका जनतामा वित्तीय सेवा उपलब्ध गराउनु आजको आवश्यकता हो । दिगो विकास लक्ष्यको मुख्य चुनौति भनेकै गरिवी निवारण हो । हाम्रो देशको गरिवी घटाउने लक्ष्य पनि दिगो विकासको लक्ष्यसँग जोडिएको छ । लघुवित्त सेवालाई गरिवी निवारणको अचुक अस्त्रको रुपमा लिई सकिएको छ र संघीय नेपालको वर्तमान सविंधान, २०७२ ले अर्थतन्त्रको विकासमा सहकारीलाई अर्थनीतिको एउटा खम्बाको रुपमा अंगीकार गरेको छ ।
नेपालको ७७ वटै जिल्लामा सहकारी संस्थाको सेवा पुगेको छ । सहकारीको संख्यात्मक बृद्घि तिब्र छ । झण्डै ३५ हजार सहकारी संस्था दर्ता भई अस्तित्वमा छन् । देशको कूल गार्हस्थ्य उत्पादन र वित्तीय क्षेत्रमा सहकारी संस्थाको योगदान क्रमशः ४ प्रतिशत र २० प्रतिशत छ । ६० हजार भन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सहकारीको सिद्घान्त, मुल्य र मान्यता बमोजिम सञ्चालित सहकारी संस्थामा लघुवित्तको नविनतम् सेवा प्रवेश गराई अगाडि बढ्ने हो भने मात्र सबै ग्रामिण जनताको घरदैलोमा न्यूनतम् लागतमा उनीहरुले ग्रहण गर्न सक्ने गरी लघुवित्तीय सेवा पु¥याउन सकिन्छ । जी ८ देशको अमेरीकमा बसेको बैठकले लघुवित्तको उद्येश्य भनेको स्थानीय स्तरको वित्तीय संस्थाको स्थापना गराउने जसले गर्दा बचतकर्ता बचत गर्न आकर्षित हुने र त्यसबाट कर्जा लगायत अन्य वित्तीय तथा गैह्र वित्तीय सेबाहरु प्रदान गर्न सकिन्छ भन्ने विषय उल्ल्ेख भएको छ । संसारमा प्रचलीत सबै वित्तीय परिवेशको अध्यन गर्ने हो भने सहकारी पद्घतीको लघुवित्तको आवश्यकता रहेको सहजै पुष्टि हुन्छ ।
के हो त सहकारी पद्घतीको लघुवित्त ?
समुदायमा आधारीत संस्थागत सुशासन पालन गरेका नीति, विधि र प्रविधिका साथै अन्तराष्ट्रिय सहकारी सिद्धान्त बमोजिम सञ्चालीत सहकारी संस्था मार्फत विपन्न तथा न्यून आय भएका र वित्तीय पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहकारीको सदस्यमा आवद्घ गराई क्रमशः शेयर वृद्धि गर्ने गरी आर्थिक तथा सामाजिक विकास गराउने उद्येश्यले उपलब्ध गराईने वित्तीय सेवा र वित्तीय मध्यस्थताको सेवालाई सहकारी पद्घतीको लघुवित्तको रुपमा परिभाषित गर्न सकिन्छ ।
सहकारी पद्घतीको लघुवित्तको विशेषता ः
क) आफ्नै घरदैलोमानै बचत तथा ऋण लगायतका वित्तीय कारोबार गर्न पाउँने र वित्तीय स्रोतको उपलब्धता बढ्न गई ग्रामिण अर्थतन्त्रलाई मजबुत बनाउँदछ ।
ख) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ लघुवित्त संस्थाको तुलनामा न्यून लागतमा कर्जा प्राप्त गरी स्वरोजगार बन्न मद्दत पुग्दछ ।
ग) शेयर सदस्यको हैसियतले संस्थाको नीति नियम तथा कार्यक्रम निर्माणमा उनीहरुको समान प्रतिनिधित्व हुन्छ ।
घ) संस्थाले गरेको मुनाफामा उनीहरुको शेयर लगानी तथा कारोवारको योगदानका आधारमा समान हिस्सेदार बन्दछन् ।
ङ) न्यून आय भएका लक्षित बर्ग पहिचान गर्न कुनै विधि अपनाउन नपर्ने र सजिलै पहिचान गर्न सकिन्छ ।
च) विपन्नलाई आवश्यकता अनुसारको कर्जा प्रवाह हुने र कर्जाको सदुपयोगिता पूर्ण रुपमा गराउन सकिने ।
छ) लक्षित बर्गमा कर्जा सेवा पुग्ने, दोहोरोपना लगायत वहुलगानी कम हुने ।
ज) नेपाल भरीकै दुरदराजमा छोटो अबधिमानै न्यूनतम लागतमा विपन्नमा वित्तीय पहुँच पु¥याउन सकिने ।
सहकारी पद्घतीको लघुवित्तको आधारभुत तत्वहरु ः
क) लक्षित बर्गको पहिचान र वित्तीय साक्षरता ।
ख) न्यूनतम मूल्यको शेयर लिएको आधारमा सहकारीको सदस्य बन्न पाउने, क्रमशः शेयर वृद्धिको व्यवस्था ।
ग) सानो कर्जाको आकार र नियमीत बचत ।
घ ) विपन्न सदस्यलाई अनुकुल प्रक्रिया ।
ङ) कर्जाको किस्तामा असुली ।
च) व्यक्तिगत जमानत तथा समूह जमानतको आधारमा कर्जा ।
छ) घरदैलोमा वित्तीय सेवा ।
ज) धितोलाई भन्दा इमान्दारीता र प्रतिबद्घतालाई महत्व दिने ।
भm) कर्जाको असुली सामान्यतय शतप्रतिशतको नजिक ।
ञ) छोटो अबधिका र छिटो प्रतिफल आउने क्षेत्रमा लगानी ।
ट) ग्राहक हैन सदस्यको रुपमा आत्मसम्मान र प्रतिष्ठा बढ्ने किसिमको ब्यवहार ।
ठ) आर्यआर्जनका क्रियाकलापबाट लघुउद्यम तिर कर्जा प्रवाह ।
ड) स्थानीय व्यक्तिबाट सञ्चालन र समाजप्रतिको उत्तरदायित्व ।
ढ) लागतको आधारमा ब्याजदर निर्धारण ।
सहकारी पद्घतीको लघुवित्त सेवाको सञ्चालन बिधि ः
क) सहकारीको कार्यक्षेत्रमा रहेका वित्तीय पँहुच नपुगेका न्यूनआय भएका घरपरिवारको पहिचान गर्ने र त्यसको कारण पत्ता लगाई सूची तयार पार्ने ।
ख) लक्षित वर्गलाई सहकारीको सदस्यमा आवद्घ हँुदाको, बचत तथा वित्तीय कारोबार गर्दाको फाइदाका बारेमा बारम्बार छलफल तथा जानकारी गराउने ।
ग) ब्यक्तिगत तथा आर्थिक सर्बेक्षण फारम भराई न्यूनतम १० शेयर उपलब्ध गराई सदस्यता दिने र नियमित बचतको लागि खाता सञ्चालन गराउने ।
घ) तोकिएको अवधि पश्चात ऋणको आवश्यकता भएमा ऋणको लागि मागफारम भराउन लगाउने र तत्पश्चात् कार्यालयबाट कर्जा विश्लेषण गरी आवश्यकता र क्षमतको आधारमा कर्जा उपलब्ध गराउने ।
ङ) कर्जाको भाखा अवधि निर्धारण गरी नियमित बचत तथा कर्जाको असुली गर्दै जाने ।
च) कर्जाको नियमित रुपमा सदुपयोगिताको बारेमा जानकारी लिने ।
छ) सहकारी शिक्षा सामाजिक चेतनाका विषय तथा सूचना आदान प्रदान गर्ने ।
ज) सहकारीको विविध कार्यक्रममा कुनै न कुनै तरीकाले समान सहभागी गराउने ।
निष्कर्ष ः
विद्यमान सापेक्षित गरिबी न्यूनिकरणको लागि विपन्न वर्गको हातमा वित्तीय साधनको उपलब्ध हुनु नितान्त जरुरी छ । देशको आर्थिक क्रियाकलाप र वित्तीय साधनको सोझो सम्बन्ध रहेको हुन्छ । सहकारी पद्घतीको लघुवित्त सेवालाई प्राथमिकतामा राखेर देश भरनै सञ्चालन गर्न सकिएमा मात्र नेपालको दुरदराजमा रहेका न्यूनआय भएका वर्गमा वित्तीय पहँुचको लक्ष्य सजिलै हासिल गर्न सकिन्छ । सहकारी विभाग लगायतका स्थानीय निकायका सहकारी इकाईले पनि सहकारीको सिद्घान्त, मुल्य र मान्यता अनुसार कार्य गरे नगरेका विषयमा अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी सुशासनलाई कायम गर्नु जरुरी छ । सहकारी पद्घतीको लघुवित्त, न्यूनआय भएका वर्गको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न सक्ने दिगो वित्तीय प्रणालिमा आधारीत लघुवित्त सेवाको दृष्टिकोणको लक्ष्य भेट्न सक्ने उत्तम गन्तव्य बन्नु पर्दछ