फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १४ करोड,लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव

प्रकाश अधिकारीबाट

काठमाडौँ, १२ भदौ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी आर्थिक वर्ष २०७६÷७७ मा रु. १३ करोड ९७ लाख २७ हजार ५४८ खुद नाफा आर्जन गरेको छ । उक्त समयमा सो संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब २३ करोड ऋण सापटी प्राप्त गरी साझेदार ऋणी संस्थाहरु मार्फत ५ अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले जानकारी दिनुभयो ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको यही भदौ १० गते बसेको सञ्चालक समितिको १६८ औं बैठकको निर्णय वमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभामा पेश गरी स्वीकृत पश्चात वितरण गर्ने गरी लाभांश सम्बधी प्रस्ताव पारित गरेको छ । जसमा आ.व.२०७६÷७७ सम्मको संचित मुनाफाबाट कुल चुक्ता पूँजी रु.८० करोड सात लाख ४० हजार ७४६ को वोनश शेयर नौ दशमलव ५० प्रतिशत र नगद लाभांश चार दशमलव १८ गरी जम्मा लाभांश १३ दशमलव ६८ प्रस्ताव गरिएको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले जानकारी दिनुभयो । “ प्रभावकारी कार्य सम्पदन र प्रतिस्पर्धी क्षमता बढाएर संस्थालाई अझै राम्रो बनाउन हामी प्रयत्नशील छौ”, कामु प्रमुख कार्यकारी अधिकृत पन्तले भन्नुभयो । संस्थाले २०७७ असार मसान्तसम्म ७७ जिल्लामा ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका न्यून आय भएका तथा विपन्न परिवारका १ लाख बढी सदस्यलाई आय आर्जन तथा जीविकोपार्जन गतिविधिमा लघुकर्जामार्फत प्रत्यक्षरुपमा सहयोग गरेको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रहेको छ । यसका मुख्य प्रवद्र्धक शेयरधनीमा ग्लोबलआइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सका साथै बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, उच्च तहका व्यवस्थापक तथा प्रतिष्ठित व्यवसायीहरु रहेका छन् । फस्र्ट माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भएको हो ।


यस लघुवित्त वित्तीय संस्थाले ऋणी साझेदार संस्थाहरु मार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ । संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्था र ग्रामीण क्षेत्रमा कार्यरत सामुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

गएको चैत्र महिनाबाट व्यापक रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को राहत योजना अन्तरगत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना सम्पूर्ण ऋणीलाई व्याज छुट दिनको लागि गरिएको निर्देशन बमोजिम यो संस्थाले ऋणीहरुको खातामा रकम उपलब्ध गराई सकेको जनाइएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विभिन्न साझेदार संस्थाका कर्मचारीलाई दक्षता अभिवृद्धिका लागि तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइएको छ । जसअन्तर्गत धितोमा आधारित लघुउद्यम कर्जा लगानी, भाखा नाघेको कर्जा व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनको अनुपालना, लघुवित्त वित्तीय संस्थाहरुसँग सम्बन्धित करका जिज्ञासा तथा सवालहरु, सहकारी संस्थामा कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन, लघुवित्त वित्तीय संस्थामा नियामक निकायले सुपपरिवेक्षणका क्रममा देखापरेका कमजोरी कैफियत एवं सुपरिवेक्षकीय सवालका विषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रम भएका छन् । तालिम तथा अन्तरक्रिया कार्यक्रमले साझेदार संस्थाका कर्मचारीको सम्बन्धित विषयमा विश्लेषण गर्ने क्षमता अभिवृद्धि हुन गई न्यून आय भएका विपन्न घरपरिवारलाई गुणस्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्न सहयोग पुगेको कामु प्रमुख कार्यकारी अधिकृत पन्तले बताउनुभयो । साथै, संस्थागत क्षमता अभिवृद्धिमा समेत टेवा पुगेको छ । समीक्षा अवधिभर संस्थाले चलाएको तालिम तथा अन्तरक्रिया कार्यक्रमबाट साझेदार लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका १८२ सहभागी लाभान्वित भएका छन् ।

संस्थाले वार्षिक योजना बनाई साझेदार संथाको निरीक्षण तथा अनुगमनको कार्य गर्दै आएको छ । संस्थाबाट सम्बन्धित साझेदार लघुवित्त संस्थाको सुपरीवेक्षण तथा अनुगमन गर्ने क्रममा ती संस्थाका पदाधिकारीसँग अन्तरक्रिया गरी संस्थाका कमिकमजोरी सुधार गर्न सुझाव तथा आवश्यक परामर्श समेत प्रदान गरेको छ । जोखिम व्यवस्थापन गर्न फस्र्ट माइक्रोफाइनान्सले थोक लघुकर्जा प्राप्त गर्ने साझेदार संस्थाको निरीक्षण तथा अनुगमन गर्ने कार्यलाई जोड दिएकोले साझेदार संस्थाहरुसँग कर्जाको मात्र कारोवार नभई आवधिक रुपमा संस्थाको निरीक्षणबाट आवश्यक सुझाव दिने र समसामयिक विषयमा साझेदार संस्थाका कर्मचारीको क्षमता अभिवृद्घी सम्बन्धी कार्यक्रम संचालन गर्ने कार्यबाट प्रतिस्पर्धात्मक बजारमा संस्थाको शाख कायम राख्न मद्धत पुगेको बताइएको छ ।

फस्र्ट माइक्रोफाइनान्सले आफ्नो दैनिक कार्यसञ्चालन अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वको काममा पनि ध्यान दिएको छ । त्यसका लागि एफएमडिबी विपन्नवर्ग जेहेन्दार छात्रवृत्ति कार्यक्रम अन्तरगत थोक लघुवित्त कर्जा कारोवार गर्ने साझेदार संस्थाका ग्राहकका छोरा÷छोरीहरु मध्ये २०७५ सालको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्ने ४ जना छात्र र ६ जना छात्रा गरी जम्मा १० जनालाई जनही रु. १० हजार प्रदान गरेको छ । त्यस्तै उत्कृष्ट महिला उद्यमीका लागि आर्थिक सहयोग कार्यक्रम अन्तरगत साझेदार ऋणी संस्थामध्ये भौगोलिक क्षेत्रका आधारमा सबै (७ वटा ) प्रदेशवाट र लघु वित्त वित्तीय संस्थाहरु तथा सहकारी संस्था लगायतका साझेदार संस्थाका समूहवाट समेत पर्ने गरी उक्त संस्थासंग लघुवित्त कारोवार गरी फरक फरक प्रकृतिको लघु उद्यम÷व्यवसाय गरेका विपन्नवर्गका सदस्यमध्येबाट उत्कृष्ट २० जना लघुउद्यमी छानेर जनही रु.१० हजारका दरले रकम प्रदान गरेको फस्र्ट माइक्रोफाइनान्सले जनाएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्त

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएको क्षेत्र, जाति, समुदाय आदिमा विभिन्न संघ संस्थावाट सञ्चालन भएका निशुल्क स्वस्थ्य शिविरमा आर्थिक सहयोग गरिएको जनाइएको छ । जसमा प्रदेश नं २, ४ र ७ मा अवस्थित साझेदार सहकारी संस्थाले आयोजना गरेका निः शुल्क स्वस्थ्य शिविरमा रु.एक लाख ४९ हजार २५० आर्थिक सहयोग प्रदान गरियो । साथै, तिलगंगा आँखा अस्पतालमा आँखा उपचार गर्ने विरामीलाई. ४१ हजार ५२ रुपैया बराबरको ३५ थान न्यानो ब्ल्याङकेट निशुल्क वितरण गरियो ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको दैनिक कार्यक्रमको व्यवस्थापन गर्न विराटनगरको एक गैर सरकारी संस्थालाई ३० हजार बराबरको फर्निचर, प्रदेश नं ५ र ६ का विपन्न तथा न्यून आय भएका घर परिवारलाई कोरोना भाइरसको जोखिमबाट बचाउन रु. १ लाख ८ हजार ६५४ बराबरको आवश्यक स्वस्थ्य सामाग्री निशुल्क वितरण तथा प्रदेश नं १ अन्तर्गत पिसीआर परीक्षणलाई आवश्यक मेशिन खरीदका लागि रु.१ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको फस्र्ट माइक्रोफाइनान्सले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को मसान्त सम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेको रकम रु.१९ लाख ६२ हजार २३० नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण, रोकथाम र नियन्त्रण कोषलाई प्रदान गरिएको छ ।

Advertisment