भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार : नेपाल ४ महिना बाढीको धनी, ८ महिना खडेरीको : जलस्रोतविद् तथा प्राज्ञ दीपक ज्ञवाली

काठमाडौं, २३ मंसिर । नेपाललाई विश्वमा ब्राजिल पछि जलस्रोतको दोस्रो धनी राष्ट्रको रुपमा चिनाउने गरिए पनि त्यो भनाई सही नभएको र सबै नेपाली जनताले पानीको छेलोखेलो उपयोग गर्न त परै जावस जीविकोपार्जनका लागि न्यूनतम् खानेपानी समेत नपाएर थाकथलो सर्न पर्ने अवस्था विद्यमान रहेको एक जना जलस्रोत विज्ञले बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, पूर्व जलस्रोत मन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीले स्मार्ट वास सोलुसन्स प्रा।लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स९आइसीएचयू० को संयुक्त आयोजना तथा  जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको आतिथ्यमा मंगलबारदेखि सुरु भएको भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनारमा कार्यपत्र प्रस्तुत गर्दै भन्नुभएको हो । सत्य कुरा के हो भने नेपाल मनसुन सुरुभएपछिको ४ महिना पानीमा धनी हुन्छ , बाढी आउने गरी र ८ महिना पानीको अभावमा बाँचिरहनु पर्ने बाध्यता छ ।

खानेपानीको समस्या त हामीले राम्रोसंग समाधान गर्न सकेका छैनौ भने कृषि र औद्यागिकीकरणका लागि आवश्यक पानीको सुरक्षाका लागि हामीले सुनियोजित ढंगले काम गर्नुपर्ने आवश्यकता छ । प्राज्ञ ज्ञवालीले नेपालमा पानीका स्रोतहरुको संरक्षण र पुनर्भरणका परम्परागत र आधुनिक पद्धतिहरुलाई अबलम्बन नगरिकन थालिएका विकास प्रयासले पानीका मुहान सुक्ने र भूमिगत पानीको तह घट्ने जस्ता समस्या बढ्दै गएको  बताउदै भन्नुभयो, पानीको सतह घट्ने समस्या नेपालमा पनि ब्यापक बन्दै गएको छ । पछि भारतका ठूला शहरहरुमा जस्तो भयावह समस्या आउन सक्छ ।

उहाँले पानीको बहुउपयोगिता र मूल्य नबुझिकन आयोजनाहरु सञ्चालन गर्ने अल्पदृष्टिले पनि नेपालीले पानीको अभाव भोग्नुपरेको बताउनुभयो । अर्बौ लागतको मेलम्ची खानेपानी आयोजनाको डिजाइन अलिकति परिवर्तन गरेको भए झण्डै २६ । २७ मेगावाट विद्युत निस्कन सक्ने त्यसले दशकौंसम्म आम्दानी दिने विषयलाई वेवास्ता गरिएको, कुलेखानी जलविद्युत आयोजना तर्जुमा गर्दा त्यसबाट निसृत हुने पानीबाट मनहरी र राप्ती नदीको जलप्रवाह, चितवनमा हुने सिंचाई तथा पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जका बन्यजन्तुमा पुर्याउने लाभ जस्ता पक्षलाई एकीकृत रुपमा सोचेर पानीको किफायती उपयोगबाट अधिकतम् लाभ लिने तर्फ सोच्न नसकिएको पनि बताउनुभयो ।

मंगलबारको व्यवसायिक शत्रमा कार्यपत्र प्रस्तुत गदै इचोन नेशनल युनिभर्सिटीका प्राध्यापक ग्ये वोन चोईले स्मार्ट वाटर ग्रिडको अवधारणा र कार्यान्वयनका बारेमा प्रकाश पार्नुभएको थियो ।पानी जीवनको आधार भएकोले पानी स्वच्छ,सफा,आवश्यक तत्वयुक्त,प्रदूषण वा मिसावटरहित हुनुपर्दछ भन्ने चेतना बढेकोले घाराको पानी कलकली खानेस्थिति सिर्जना गर्न आफूहरु उत्प्रेरित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, जसरी विषादी रहित तरकारी र खाद्यपदार्थलाई मानिसहरु अतिरिक्त मूल्य तिर्न तयार हुन्छन्, जीवनको  लागि अपरिहार्य तत्व मानिएको स्वच्छ र गुणस्तरीय पानीलाई पनि तिर्छन । त्यसो भए पानीलाई गुणस्तरीय बनाएर बिना प्रदूषण घरघरमा किन नपुर्याउने भन्ने सोंचले स्मार्ट वाटर ग्रिडको अवधारणा आएको बताउनु भया । उहाँले यस अन्तरगत स्मार्ट उपकरणका माध्यमले स्मार्ट समाधान(सोलुसन) खोजेर स्मार्ट सेवा दिइएको बताउनुभयो ।

नेपालमा पनि कोरिया स्मार्ट वाटरले बेनी नगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा स्मार्ट वाटर ग्रीडको अवधारणा अनुरुप खानेपानी आपूर्ति गर्ने योजनामा काम गरिरहेको उहाँले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल इञ्जिनियरिड. कलेजका प्रमुख प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठले स्थानीय सरकार, खानेपानीको सुरक्षा र जलवायु परिवर्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस अगाडि कार्यक्रमको समुद्घाटन शत्रमा आफ्नो मन्तव्य प्रकट गर्दै एशिया वाटर काउन्सिलका संस्थापक, सल्लाहकार तथा एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले संयुक्त राष्ट्रसंघले दिगो विकासको लक्ष्यमा पर्याप्त स्वच्छ खानेपानीको उपलब्धता समेत पारेको हुनाले अरु एक दशक खानेपानीको विषय विकासको शीर्षमा रहने बतानुभयो । उहाँले खानेपानी आयोजनाहरुमा जलवायु परिवर्तनका जोखिम र कार्बन न्युट्रल पानी उत्पादनलाई हेर्नुपर्ने पनि बताउनुभयो । नेपालमा ग्रामीण क्षेत्रलाई शहरमा रुपान्तरण गर्ने क्रममा नगरहरुको संख्या विस्तार गरिएकोले हालका सबै नगरपालिका क्षेत्रका वस्तीलाई अहिले शहर भन्न नसकिए पनि भविष्यका शहरको रुपमा लिन सकिने र भविष्यमा शहरी क्षेत्रबाट ७० देखि ८० प्रतिशत ग्राहस्थ उत्पादन हुने अवस्थामा शहरी क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्न गई पानीको उपयोगिता बढ्न जाने भएकोले भावि चुनौतिको समाधान गर्न अहिलेदेखि नै पानीको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

उहाँले कोरियाले अपनाएको स्मार्ट वाटर ग्रीड पद्धति अपनाउदा सुरुमा प्रविधि अपनाउदा केही बढी खर्च हुने भएपनि यसमा उपयोग हुने उपकरणको जीवनचक्र र त्यसले मानवीय स्वास्थ्य तथा संबन्धित कार्यालयहरुको सेवा प्रवाहमा पुर्याउने सहयोगको कारण कालान्तरमा नयाँ सूचना  र प्रविधि सहितको स्मार्ट पद्धति लागतका हिसाबले पनि तुलनात्मक रुपमा बढी लाभदायक हुने बताउनुभयो ।

सो वेविनारको शुभारम्भ मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुसन्सका सल्लाहकार तथा पूर्व मन्त्री ई. गणेश साहले खानेपानी र सरसफाईमा गरिको १ डलरको लगानीले ५ डलर बचत हुने बताउदै संसारभर जनसंख्या बढेको तर स्वच्छ पानीको स्रोत र उपलब्धता घटिरहेको बताउनुभयो ।उहाँले नेपालको हिमालय दक्षिण एशियाको डेढ अर्ब मानिसहरुको लागि सफा पानीको स्रोत भएको र जलवायु परिवर्तनको कारण हिमालहरुको अस्तित्वमा समेत संकट आउन लागेको बताउनुभयो । उहाँले हाम्रा पुर्खाहरुले विभिन्न उपाय लगाएर स्वच्छ पानीका स्रोतहरु हामीलाई सुम्पिए जस्तै हामीले पनि पानीका स्रोतहरु भावि पुस्तालाई सुरक्षित रुपमा हस्तान्तरण गर्नुपर्ने बतानुभयो ।

कार्यक्रममा जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय केन्द्रका निर्देशक याड. सु कीले पनि आम नागरिकलाई स्वच्छ,सफा र गुणस्तरीय पानी उपलब्ध गराउने दायित्व पूरा गर्न नयाँ प्रविधिको अबलम्बन गर्नुपर्ने र  बढ्दो जनसंख्यालाई पानी आपूर्ति गर्न जलसुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले विश्वभर जनसंख्या बढ्दै गएकोले पानीको उपभोग पनि बढ्दै गएको उल्लेख गर्नूभयो । आर्थिक सामाजिक विकास र बढ्दो शहरीकरणका कारण पानीको उपभोग बर्षेनी बढिरहेको चर्चा गर्दै भन्नुभयो, संयुक्त राष्ट्र संघीय शैक्षिक,वैज्ञानिक र सांस्कृतिक संगठन९युनेस्को०ले यसै बर्ष २०२० मा प्रकाशित गरेको प्रतिवेदन अनुसार बिगत १०० बर्षमा पानीको उपयोग ६ गुणा बढेको छ ।

नेपाली जनतालाई खानेपानी र पानीजन्य सरसफाईको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने, आम नेपालीलाई पर्याप्त मात्रामा गुणस्तरीय खानेपानी र घरायसी प्रयोगको पानी पुर्याउने,उपभोक्तालाई सहज सेवा पुर्याउन अत्याधुनिक प्रविधिको उपयोग गराउने र उपयोग गरिएको पानी तथा दिसापिसाबजन्य फोहर मैलाको समुचित विसर्जन तथा प्रशोधन गरी देशलाई स्वच्छ राख्दै आम नागरिकलाई रोगमुक्त राख्ने अभिप्रायले स्थापित स्मार्ट वास सोलुसन्सले नेपालका नीति निर्माता, संबन्धित क्षेत्रका विज्ञ, प्राज्ञ,अनुसन्धानकर्ता तथा वैज्ञानिक, अभ्यासकर्ता र आम उपभोक्ता नेपालीहरुलाई एकै स्थानमा ल्याएर खानेपानी र ढल प्रशोधनका विषयमा निकै उपलब्धिमूलक गोष्ठिहरु सम्पन्न गर्दै आएको छ ।

प्राण घातक कोरोना भाइरसको महामारी विश्वभर फैलिएर त्यसलाई रोक्न सरकारले लकडाउन घोषणा गरेपछि यसले आम नेपालीलाई हात धुने बानी सिकाउन र घरघरमा स्वच्छ पानी उपयोगलाई प्रबर्धन गराउन प्रदेशस्तरीय स्थानीय निकायका प्रतिनिधिहरुलाई यसबारेमा जानकारी दिने महत्वपूर्ण कार्य गरेको थियो । त्यसले क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरुमा खानेपानीको गुणस्तर कायम गर्न, पर्याप्त खानेपानीको व्यवस्था गर्न तथा शौचालयको सरसफाई व्यवस्थापनमा स्थानीय निकायहरुको क्षमता अभिबृद्धि गर्न निकै सघाएका संस्थाको दावी छ । सो अवधिमा स्मार्ट वासले उपभोक्ताहरुलाई स्वास्थ्य र सफाई विज्ञ तथा वैज्ञानिकहरुसंग जुम मिटिड।का माध्यमबाट साक्षात्कार गराएको थियो ।

Advertisment