गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीप सिक्दै तनहुँ निर्मलका विद्यार्थी

दमौली समाचारदाता

दमौली, २६ पुस । तनहुँको सदरमुकाम दमौली भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयले लोपोन्मूख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई अघि बढाएको छ । व्यास नगरपालिका–१ भादगाउँको यस क्षेत्रकै ठूलो मध्येको एक निर्मलले शुक्रबारदेखि नयाँ पुस्तालाई पुराना नेपाली  सीप र संस्कृतिकोबारे व्यावहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिन थालेको हो ।

सामाजिक विषय शिक्षक कमलभक्त पोख्रेलले किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धितमा तालिम दिन चयन गरिएको बताउनुभयो । अधिकांश कृषिमा आधारित रहेको नेपाली ग्रामीण जीवनको अभिन्न अंग बनेको गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु विद्यार्थीलाई दिन थालिएको विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । विगतमा पनि टपरी बनाउने तालिम दिएको र आधुनिकताका कारण मासिदै गएको सीप र संस्कृतिबाट दिक्षित गर्न यो अभियान थालिएको बस्नेतले बताउनुभयो । विद्यालयमा उपलब्ध सो सीप सम्बन्धी जानकार शिक्षकले विद्यार्थीलाई तालीम दिएका छन् । उनीहरुले पनि सीपहरु रुची पूर्वक सिकिरहेका छन् ।

ग्रामिण क्षेत्रबाट आएका न्यून सङख्याका विद्यार्थीले सीप जानेको भएपनि अधिकांशले नजानेको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घको अध्यक्ष सृजना तिवारीले बताउनुभयो  । पुराना कुराहरु सिक्न पाउँदा खुसी लागेको व्यास नगरपालिका–११ घाँसीकुवा, पोल्याङ घर हुनु भएकी कक्षा–९ की छात्रा सुनिता तामाङले बताउनुभयो ।  “एकदमै खुुसी छु सिक्न पनि खासै कठिन लागेन”, सुनिताले भन्नुभयो । जाँतो चलाउन, मकै भुट्ने जस्ता काम सहज रुपमा गरेपनि गुन्द्री बुन्नको लागि तान बनाउने, परालको मात्रा कति राख्ने, कसरी हत्यासो ठोक्ने जस्ता ज्ञान लिन भने गा¥हो हुने गरेको शिक्षिका कल्पना परियारले बताउनुभयो । “मैले घरमै सिकेको सीप विद्यार्थी सिकाईरहेको छु उनिहरुले रुची पूर्वक  ध्यान दिईरहेकोले सहज भएको छ”, कल्पनाले भन्नुभयो । हाम्रो नेपाली मौलिक संस्कृति र सीपबाट गुज्रेको हाम्रो संस्कृतिबारे आधुनिक प्रविधि सिकिरहेका विद्यार्थीलाई जानकारी दिन गतिलो माध्यम भएकाले पनि यो तालिम थालिएको प्राधानाध्यापक गणेशचन्द्र बस्नेतको भनाइ थियो । यसले विद्यार्थीलाई व्यावहारिक रुपमै ज्ञान दिन सक्छ र सिक्न पनि सजिलो हुन्छ भन्ने बुझाई रहेको विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर वस्नेत र शिवलाल पन्थको भनाइ थियो ।

सरकारको नमुना विद्यालयमा परेको यो विद्यालयले अन्तराष्ट्रिय स्कुल अर्वाड पनि पाएको छ । उक्त पुरस्कार पछि विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत सस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार ब्रिट्रिस काउन्सिल लाईबे्ररीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालयमा पनि छनोटमा परेकोले विभिन्न सातवटा आयोजनाको काम भईरहेकामा सस्कृतिक हस्तान्तरण अन्तर्गत विद्यालयले सीप प्रदान कार्यक्रम सञ्चालन गरेकोहो ।

प्रयोगात्मक अन्तर्गत  विद्यालय वरपर पाईने वनस्पती उन्यू र तिनिहरुको प्रयोगमा विभिन्न किसिमका उन्यूहरु प्रदशन भईरहेको छ । देश भनेको भूगोल मात्रै हैन सस्कृति पनि होे हाम्रो सस्कृति र परम्परालाई हेलाँ गर्न दिनु हुँदैन भन्ने सन्देश प्रदान गर्न पनि विद्यार्थीलाई तालिम प्रदान गरिएको शिक्षक लोकराज सेढाईले बताउनुभयो ।     दुई वर्ष अघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने,भकारी बुन्ने जस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

Advertisment