पढ्दै, सेलरोटी, लट्टे र फुरौला पकाउने सीप सिक्दै निर्मलका विद्यार्थी

तनहुँ, माघ २४ गते । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयले विद्यार्थीलाई नेपाली सस्कार र सीपसँग जोडिएको परम्परागत खानाहरु बनाउने सीप सिकाउन थालेको छ । यस अघि सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु प्रदान गरेकोमा हाल नेपाली मौलिक खाना बनाउने सीप प्रदान गर्न थालेको हो ।
विद्यालयले विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्धेश्यले नेपालीको सास्कृति चाडपर्वहरु, विवाह, ब्रतबन्ध तथा धार्मिक कार्यमा प्रयोग हुने सेलरोटी, पूm¥यौला, लट्टे लगायतका खानेकुरा बनाउने सीप दिन थालेको छ । शिक्षाको साथसाथै नेपाली सस्कार र जनजीवनसँग जोडिएका सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्धेश्यले नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढंगले प्रयोगात्मक रुपले प्रशिक्षित गराउन शुक्रबारबाट खानेकुरा बनाउन सिकाउन थालिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
नेपालीका परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामिण जीवनयापनको जीवन्त पाटा हुन् दुनाटपरी बनाउने गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु । कृषिप्रधान अधिकांश नेपाली ग्रामीणजीवनयापनको अनिवार्य अंग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई विर्सदै गएको छ नेपाली समाजले ।

“हामी विद्यार्थीलाई पाठयक्रममा निर्धारित विषयका अलावा हाम्रो ग्रामीण जीवन र सस्कारसँग जोडिएका मूल आधारका रुपमा रहेको गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीप सिकाउँदैछौ, यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि हो”, विद्यालयका प्राधानाध्यापक बस्नेत भन्नुहुन्छ । सम्बन्धित सीप भएका शिक्षक विद्यालयमा भएकाले सीप प्रदान गर्न सहज भएको विद्यालयले जनाएको छ । नेपाल सरकारको नमूना विद्यालयको रुपमा छनोट भएको निर्मलले इन्टर नेशनल स्कुल अर्वाड प्राप्त गर्न यस्ता सीपहरु प्रदान गर्न थालेको हो ।

अवार्ड प्राप्त कार्यक्रम अन्तगर्त विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत मौलिक खाना बनाउ सस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार ब्रिट्रिस काउन्सिल लाईबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकोले विभिन्न सातवटा आयोजनाको काम भईरहेका छन् । त्यसमा संस्कृतिक हस्तान्तरण अन्तर्गत विद्यालयले सीप प्रदान गरेको हो । सामाजिक विषयको शिक्षक कमलभक्त पोख्रेलले किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित काम गर्न लागिएको बताउनुभयो । कक्षा ८ पढ्ने विद्यार्थीहरुको ‘‘पेशा व्यवसाय’’ विषय अन्तर्गत व्यावहारिक ज्ञान दिने तथा आपैm व्यवसाय गरेर खान सक्ने बनाउने थप उद्धेश्यले सीप सिकाउन थालिएको शिक्षक बुद्धिराज मिश्रले जानकारी दिनुभयो ।
पुराना सस्कार खानेकुरा बनाउने सिक्न पाउँदा खुसी लागेको विद्यार्थीले बताएका छन् । व्यास नगरपालिका–१ भादगाउँ घर हुनु भई सो विद्यालयमा कक्षा ८ पढ्ने रोशनी ठकुरीले विद्यालयले सीप प्रदान गरेपछि रोटी पकाउन जानेको बताउनुभयो । ‘‘सीप सिकेपछि रोटी बनाउने मान्छे खोज्दै हिड्नु पर्दैन भनेर अभ्यास गरिरहेको छु’’ रोशनीलेभ भन्नुभयो । बाँसको डोको बुन्ने, भकारी बुन्ने जस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ ।

Advertisment