नेपाली ब्युटिसीयनहरूका लागि बैंककमा डेकर हर्बलको अन्तर्राष्ट्रिय सौन्दर्य गोष्ठी

थाईल्याण्ड (बैंकक) । डेकर हर्बल (Dekar Herbal) द्वारा थाइल्यान्डको बैंककमा नेपाली ब्युटिसीयनहरूका लागि Beautician सौन्दर्य प्रसाधन (Makeup Artists) गोष्ठी सम्पन्न भएको छ।

नेपालका विभिन्न शहरबाट छनोट गरिएका १२ जना दक्ष ब्युटिसीयनहरूलाई सहभागी गराई डेकर हर्बलले थाइल्यान्डको राजधानी बैंककमा विशेष Makeup Artists गोष्ठी आयोजना गरेको हो। अन्तर्राष्ट्रियस्तरको सौन्दर्य ज्ञान, नयाँ प्रविधि तथा व्यावसायिक अनुभव प्रदान गर्ने उद्देश्यसहित यो कार्यक्रम सम्पन्न गरिएको हो।

गोष्ठीमा आधुनिक Makeup Trend, Professional Bridal Makeup, Skin Preparation Techniques, Product Knowledge तथा अन्तर्राष्ट्रिय स्तरअनुसार काम गर्ने विभिन्न विधिबारे विज्ञबाट विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी ब्युटिसीयनहरूले थाइल्यान्डका अनुभवी Makeup Artist तथा सौन्दर्य विज्ञहरूसँग प्रत्यक्ष रूपमा सिक्ने अवसर प्राप्त गरेका थिए।

पोखराकी सहभागी ब्युटिसीयन मञ्जु भण्डारीले गोष्ठी आफ्नो करियरका लागि अत्यन्त उपयोगी भएको बताइन्। उनले भनिन्, “अन्तर्राष्ट्रिय स्तरका मेकअप विधि, प्रोडक्ट प्रयोग गर्ने तरिका र ग्राहकसँग गर्ने व्यवहारबारे धेरै नयाँ कुरा सिक्ने मौका मिल्यो। डेकर हर्बलले दिएको यो अवसर हाम्रो पेशागत उन्नतिका लागि निकै महत्वपूर्ण छ।”

यसैगरी, पोखरा बुद्धचोककी ब्युटिसीयन सुनिता गुरुङले बैंककको प्रशिक्षणले आफ्नो आत्मविश्वास बढाएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “यहाँ सिकेका नयाँ Trend र Bridal Makeup Style नेपालमा लागू गर्दा ग्राहक सन्तुष्टि अझ बढ्ने विश्वास छ।”
त्यस्तै, पोखरा मणिपालकी ब्युटिसीयन अमृता भट्टराईले उत्पादन ज्ञान र आर्ट ज्ञान आफूले यही कार्यक्रममार्फत प्राप्त गरेको बताइन्। उनले भनिन्, “म सुरुमा beginner नै थिएँ, तर यस कार्यक्रमले मलाई professional बनायो। यसले मेरो करियर परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ र भविष्यप्रति म अझ आशावादी बनेकी छु।”

त्यस्तै, तनहुँ आँबुखैरेनीकी ब्युटिसीयन मञ्जु श्रेष्ठले अन्तर्राष्ट्रिय अवसर र तालिम पाउनु नै कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि भएको बताइन्। उनले भनिन्, “विदेशी ब्युटी विज्ञसँग प्रत्यक्ष संवाद र अभ्यासले हाम्रो सीपलाई नयाँ स्तरमा पुर्‍याएको छ।”
यसै क्रममा, गोरखाकी सुस्मिता घलेले डेकर हर्बलप्रति आभार व्यक्त गर्दै यस्ता विशेष र अन्तर्राष्ट्रिय अवसर पाउँदा आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिइन्।

डेकर हर्बलका प्रमुख कार्यकारी  दुर्गा प्रसाद गौतमले नेपाली ब्युटिसीयनहरूको क्षमता विश्वस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए। उनले भने, “नेपालका ब्युटिसीयनहरूमा अपार सम्भावना छ। सही तालिम, Exposure र अन्तर्राष्ट्रिय अवसर तथा मञ्च उपलब्ध गराउन सके उनीहरू विश्व बजारमा पनि प्रतिस्पर्धी बन्न सक्छन्।”

यस गोष्ठीको सफल व्यवस्थापन तथा समन्वय डेकर हर्बलका निर्देशक प्रदीप गौतमको नेतृत्वमा टिमको कुशल कमाण्डसहित सम्पन्न भएको हो। कुशल व्यवस्थापन, योजनाबद्ध कार्यशैली तथा समर्पित टिमको सहकार्यले कार्यक्रम प्रभावकारी र सफल रूपमा सम्पन्न भएको उनले बताए।

डेकर हर्बलले चितवनमा विगत दुई दशकदेखि विभिन्न सौन्दर्यसम्बन्धी हर्बल तथा ब्यूटी प्रोडक्टहरू उत्पादन गर्दै आएको छ। कम्पनीले हरेक वर्ष नेपाली ब्युटिसीयनहरूलाई अन्तर्राष्ट्रिय तालिम, गोष्ठी तथा अवसर प्रदान गर्ने दीर्घकालीन योजना अघि बढाउँदै आएको छ। यस्ता पहलहरूले नेपाली सौन्दर्य उद्योगलाई थप व्यावसायिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिइएको छ।

Advertisment