भरतपुर, चितवन। चितवनको भरतपुर महानगरपालिका–८ मा अवस्थित केशर अटो लिंकले भारतीय DEL ब्रान्डका फिल्टरहरूको बिक्री वितरण सुरु गरेको छ। लुब्रिकेन्ट्सको क्षेत्रमा सात वर्षदेखि सक्रिय कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै सवारीसाधनका फिल्टर तथा आवश्यक पार्टपुर्जाको बजारमा समेत उपस्थिति बढाएको हो।

केशर अटो लिंकले विगत सात वर्षदेखि भारतको NEXA SPECIALITIES द्वारा उत्पादित FINOLUBE ब्रान्डका लुब्रिकेन्ट्स नेपालमा एकमात्र वितरकका रूपमा आयात तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले हाल नेपालका १६ जिल्लामा FINOLUBE ब्रान्डका लुब्रिकेन्ट्सको बजार व्यवस्थापन गरिरहेको छ।
व्यवसाय विस्तारको क्रममा कम्पनीले भारतको DEL FILTER SYSTEM द्वारा उत्पादित DEL ब्रान्डका फिल्टरहरू नेपाली बजारमा उपलब्ध गराएको हो। विशेषगरी हल्का व्यावसायिक सवारीसाधन (Light Commercial Vehicles) तथा ट्र्याक्टरलाई लक्षित गरी ल्याइएका यी उत्पादनले नेपाली बजारमा सवारीसाधनका आवश्यक फिल्टरहरूको उपलब्धता विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

केशर अटो लिंकका प्रबन्ध निर्देशक केशव न्यौपानेका अनुसार गुणस्तरीय लुब्रिकेन्ट्ससँगै सवारीसाधनका आवश्यक फिल्टर तथा अन्य पार्टपुर्जाहरू पनि नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ उत्पादनको बिक्री वितरण सुरु गरिएको हो। यसबाट कम्पनीको उत्पादन दायरा फराकिलो हुनुका साथै ग्राहक तथा व्यावसायिक साझेदारलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
यस व्यवसाय विस्तार तथा DEL FILTER SYSTEM का उत्पादनहरू नेपाली बजारसम्म ल्याउने कार्यमा वित्तीय सहयोग उपलब्ध गराएकोमा केशर अटो लिंकले मुक्तिनाथ विकास बैंक, नारायणगढ शाखाप्रति हार्दिक आभार व्यक्त गरेको छ। बैंकको सहयोग र सहकार्यले नयाँ उत्पादनको बजार प्रवेश तथा व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।
प्रबन्ध निर्देशक न्यौपानेले व्यावसायिक विस्तारका क्रममा विश्वास र सहयोग प्रदान गर्ने बैंकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय उत्पादन तथा भरपर्दो सेवामार्फत ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

केशर अटो लिंकले आगामी दिनमा लुब्रिकेन्ट्स, फिल्टर तथा सवारीसाधनका आवश्यक पार्टपुर्जाको बिक्री वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आफ्नो बजार पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।




