दियालो फुडल्याण्डको शाखा तारकेश्वर शेषमतिमा विस्तार

काठमाडौं  । काठमाडौँको चर्चित होटल दियालो फुडल्याण्ड वसुन्धाराले आफ्नो चौथो शाखा काठमाडौकै तारकेश्वर नगरपालिका शेषमति पुल नजिकै विस्तार गरेको छ । सभा समारोह, विभिन्न चाडपर्व र विवाह व्रतवन्धसहितका कार्यक्रम गर्न मिल्ने रेष्टुरेण्ट र क्याटरिङको समेत सुविधा उपलब्ध हुने गरी सो शाखा विस्तार गरिएको दियालो फुडल्याण्डका संस्थापक अध्यक्ष जनप्रकाश चापागाईले बताउनुभयो ।

सो शाखाको शनिबार पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद भीमसेनदास प्रधान र कांग्रेस नेता सुरेन्द्र पाण्डेले संयुक्त रुपमा उदघाटन गर्नुभयो । नुवाकोट जाने माछापोखरी वाईपासबाट करिव ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै खोल्ने गरी काम अघि बढाइएकोमा महामारीले गर्दा अहिले शुरु गरिएको हो ।

 

सो दियालो फुडल्याण्डका संस्थापक अध्यक्ष चापागाइले दश वर्ष बेलायतमा काम गरेपछि यहाँ आएर दियालो र अनुपम फुडल्याण्डको नाममा उक्त समूहको होटल बिस्तार गरिरहनुभएको छ । पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उहाँको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु गरेको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने तयारी छ । पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारी छ ।

दियालो फुडल्याण्डका संस्थापक अध्यक्ष जनप्रकाश चापागाई

कानूनमा प्रमाणपत्र तह पास गरेर नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा होटलको सेफको काम गरेर आएपछि चापागाइले काठमाडौँमा माधव पाण्डेसँग मिलेर दियालो फुडल्याण्ड सुरु गर्नुभयो । साझेदार र व्यवसाय बढ्दै गयो । सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोड नाघेको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ ।चितवनमा यो समूहले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ । उहाँको दाबी छ सबैकोभन्दा मीठो खाना हामी खुवाउन सक्छौँ ।

Advertisment