सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं, १ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको बताए ।
‘सभामुख स्वयं एउटा दल विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेकपा एमाले विभाजनको मुख्य कारण बन्नुभयो,’ ज्ञवालीले भने,‘सभामुखले गल्ती सच्याउनुप¥यो कि बाटो छाड्नुप¥यो ।’
सभामुख सापकोटाको भूमिकाबारे प्रश्न गर्दै भने, ‘उहाँले दोहोरो भुमिका खेल्न लाग्नु भो । जसपाले सरीता गिरिलाई कारवाही गरेको सुचना उहाँले २४ घन्टामा टास्नुभो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायतका नेता, सांसदहरुलाई गरेको कारवाही ४८ घण्टामा टास्नुभो तर नेकपा एमालेले गरेका कारवाही गरेको लिस्टलाई उहाँले सिरानीमुनि राख्नु भो ।’ ज्ञवालीले एमाले विभाजनको मुख्य कारण नै सभामुख अग्नि सापकोटा भएको आरोप लगाउँदै गल्ती सच्याउने या राजीनामा दिनेबाहेकमा सम्झौता नहुने बताए ।

प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसलाई प्रतिपक्षका आवाजलाई सुन्दै नुसुनिकन मुलुकको शासन व्यवस्था नचल्ने बताए ।
ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा सोचेजति काम गर्न नसकेको भन्दै असफल भएको टिप्पणी गरे । देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै उनले मुलुकको सबै क्षेत्रहरु अस्तब्यस्त जस्तै भएको बताए ।

Advertisment