दङ्गीशरणको अध्यक्ष–उपाध्यक्षमा कांग्रेसको जित

दाङ, ३ जेठ \ दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गर्नुभएको छ । नवनिर्वाचित गिरीले पाँच हजार ७६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दङ्गीशरणले जनाएको छ । त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गर्नुभएको छ । खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल हुनुभएको थियो । अध्यक्ष एमालेले जितेको थियो ।

कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७ अर्थात् ६६.७३ मत खसेको थियो । तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु भएको छ । एमालेका वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि स्थानीय तहको निर्वाचन यही जेठ ३ गते सारिएको थियो । निर्वाचन सहायक अधिकृत ढकबहादुर रावतका अनुसार जनकल्याण मावि दूधरास र दीपेन्द्र मावि मानपुरमा मतदानस्थल तोकी त्यहाँ सातवटा मतदान केन्द्र राखिएको छ । दूधरासमा दुई हजार ७३४ र मानपुरमा तीन हजार ३८३ मतदाता सङ्ख्या छ । सो वडाको मतदान सकिएपछि आज बेलुकाबाट तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisment