महानगर प्रमुख दाहालद्वारा वडा कार्यालय भवनको शिलान्यास

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर ४ को वडा कार्यालयको शिलान्यस गरेकी छन । बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बस पार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गरिन्।

त्यस्तै मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरिन् । वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वडा कार्यालय निर्माण भएसँगै मुकानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

मेयर दाहालले अब दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन । नगरपालिका हुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको र महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने उल्लेख गरिन् ।

कार्यक्रममा उप प्रमुख चित्रसेन अधिकारीले विकासमा राजनीति नगर्न आग्रह गरे। उप प्रमुख अधिकारीले विकासको कुरामा राजनीति नगरी विभिन्न सरकारी योजना तथा कार्यक्रमहरुलाइ साकार रुप दिन एकआपसमा मिलेर सहकार्य गरी ती कामलाई सफल पार्नुपर्नेमा जोड दिए।उनले वडा कार्यलयहरु हेर्दा सानो देखिए पनि महानगरको एउटा महत्त्वपूर्ण इकाइ भएकोले जनताको पहिलो सरकार वडा नै भएको स्पष्ट पारे । वडाबाट प्रवाह हुने जनताका सेवाहरुलाइ चुस्त दुरुस्त बनाउन वडा अध्यक्षलाई निर्देशन समेत दिए। उनले  ठेकदारहरुको समयमै काम सप्पन्न नगर्ने परिपाटी मौलाउदै गएको प्रती  चिन्ता समेत व्यक्त गरे ।

समयमै काम सम्पन्न नगर्ने ठेकदारहरु कालो सुचीमा परिरहेको बताउदै उप प्रमुख अधिकारीले ठेकदारको लापरबाही कै कारण बिकासको लहर जनताका बिचमा लैजान नसकिएको बताए । उनले बिकासका काममा एक भएर लाग्न सबैमा अनुरोध समेत गरे । उक्त स्वास्थ्य केन्द्रललाइ २० सैयाको अस्पताल बनाउने योजना रहेको वडा अध्यक्ष अर्पण पोख्रेलले जानकारी दिए।

Advertisment