“जाडोमा सुर्ती, चुरोट र रक्सीको सेवनले मुटु रोग बढ्छ”- डा. चन्द्रमणि अधिकारी

काठमाडौँ, पुस १२ गते । पछिल्लो समय नेपालमा मुटु रोगीका बिरामीको सङ्ख्या बढ्ने क्रममा रहेको तथ्याङ्कले देखाएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार अस्पतालमा दैनिक रुपमा मुटुरोगका बिरामी बढ्दै गएको बताउनुहुन्छ । 

अस्पतालमा पेइङ र जनरल ओपिडीमा गरी सात सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।  जनरल ओपिडीमा  पाँच छ सयको हाराहारीमा बिरामीले सेवा लिन्छन् भने पेइङ ओपिडीमा एक सय जना मुटुरोगीले सेवा लिने डा. अधिकारी बताउनुहुन्छ । 

आकस्मिक उपचार कक्ष (इमर्जेन्सी)मा ५० देखि ६० बिरामी आउने गर्दछन् । अस्पतालले चार वटा क्याथ ल्याब सञ्चालनमा छन् जसमा एक महिनामा एक हजारभन्दा बढीले सेवा लिने गरेका छन्  ।

उहाँका अनुसार अस्पतालमा विशेष गरी उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल युवा अवस्थामा हृदयघात र हार्ट फेलिएर (मुटुले रगत पम्प गर्ने क्षमता कम) भएका समस्या दिएर बिरामी आउने गर्दछन् । प्राय मानिसले मुटुरोग भन्नासाथ एउटा मात्र हृदयघात भन्ने सोच्ने गरे पनि मुटु रोग धेरै प्रकारका हुने डा. अधिकारी बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, “मुटु एउटा पम्प हो यसले शरीरमा रगत पुर्याउने काम गर्छ । प्राय मानिसले मुटु रोग भन्न साथ हृदयघात भन्ने सोच्ने गर्ने गर्दछन् तर मुटु रोगका धेरै प्रकृतिका हुन्छन् । ”

उहाँका अनुसार मुटुका रोगमा जन्मजात मुटुको रोग, धेरैजस्ता अवस्थामा मुटुको कोठामा प्वाल पर्छ, बाध मुटुको रोग पाँच देखि १५ वर्षका बालबालिकालाई ब्याक्टेरियाको कारणले गर्दा लाग्ने गर्छ । यसले पछि गएर मुटुको भल्बहरु बन्दा गराउने चिकित्सककाे भनाइ छ । त्यसका अतिरिक्त उच्च रक्तचाप, कोलेस्ट्रोल ,मधुमेह, हृदयघात मुटुको रोग, मुटुको चालसम्बन्धी रोगहरू, हार्ट फेलिएर [मुटुले रगत पम्प गर्ने क्षमता कम] रोग पर्ने डा. अधिकारीको भनाइ छ । 

विभिन्न कारणले गर्दा मुटुमा रोग लाग्ने चिकित्सक बताउँछन् । डा. अधिकारीका अनुसार बाथ मुटुको कारणले ब्याक्टेरियाको कारणले गर्दा हुने गर्छ । हृदयघात भनेको विभिन्न कारणले गर्दा हुन्छ । उच्च रक्तचाप भएका मानिसमा हृदयघात हुने सम्भावना बढी हुन्छ । सुर्तीचुरोट सेवन गर्ने मानिसलाई पनि हृदयघात हुने सम्भावना बढी हुन्छ । अस्वाथकर खानेकुरा, खराब जीवनशैली भएका मानिसलाई अन्य मानिसको तुलनामा बढी हुन डा अधिकारीको भनाइ छ  ।  

जाडोमा मुटु रोगका बिरामी बढ्नुका कारण ?

जाडो बढेसँगै कतिपय बिरामीको उच्च रक्तचाप, छातीको इन्फेक्सन पनि बढ्ने गर्छ । इन्फेक्सन भएसँगै हाट फेलियरको समस्या भएका बिरामीलाई हार्ट फेलियरको लक्षण बढ्ने गर्छ । गर्मीको तुलनामा हृदयघातका बिरामी बढ्ने गर्दछन् । 

जाडोमा हृदयघातका बिरामी बढ्नुका विभिन्न कारण छन् । चिसोको बेलामा शरीरका साना साना नसाहरू खुम्चिने, इन्फेक्सनको सम्भावना बढ्ने हुन्छ, जाडो बढेसँगै सुर्ती चुरोट रक्सीको सेवन बढाउने हुँदा मानिसमा मुटुको समस्या बढ्ने डा. अधिकारीको भनाइ छ । 

जाडोमा मुटुको रोग बढ्न नदिन चिसोबाट बच्ने, न्यानो भएर बस्ने, सुर्ती चुरोट रक्सीको सेवन नगर्न चिकित्सकको सुझाव छ । जाडोमा मुटु रोगबाट बच्न स्वस्थकर खानेकुरा खाने, चिकित्सक सल्लाहमा औषधि नियमित सेवन गर्न र स्वस्थकर जीवनशैली अपनाउन डा.अधिकारीको सुझाव छ ।

मुटुरोग भनेको के हो, जाडोमा मुटु रोग बढ्नुको कारण र यसको रोग थामका उपायमा केन्द्रित भई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र मनोजरत्न शाहीले गरेको संवाद : Source: https://gorkhapatraonline.com/

Advertisment