अख्तियारद्वारा पुनरावेदन

काठमाडौँ। आफूले दायर गरेको मुद्दामा विशेष अदालतबाट भएकोे फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आयोगले दाबी गरेको प्रतिवादी ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काको मुद्दामा विशेष अदालतले गत कात्तिक २ गते फैसला गर्दै सफाइ दिएको थियो । तीनै जनालाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।

Advertisment