फोहर प्लाष्टिकबाट मोहर उत्पादनका लागि अनुसन्धान गर्दै दुई युवा

काठमाण्डौ । फोहर प्लाष्टिक जसले बातावरणमा धरैनै असर पुर्याइरहेको छ , जसको कारण हरेक दिन यसको असर मानव जिवनका साथै बातावरणमा पनि बढ्दै गइरहेको विभिन्न अनुसन्धानले बताएको छ ।

“फोहर प्लाष्टिकको सदुपयोग गरेर केहि उत्पादन गर्न सकियो भने बातावरणलाई प्रदुषण हुन बाट पनि जोगाउन सकिन्छ र मोहर पनि कमाउन पनि सकिन्छ,” हो यहि उदेश्यका साथ यसको अनुसन्धानका लागि राष्ट्रिय आबिस्कार केन्द्रमा दुइ युवाहरु लागि परेका छन् ।

पढाइको शिलशिलामा अमेरिकामा पुगेका शशी किरण थापा र मिलन बोहराले आफ्नै देशमा केहि गर्ने हुटहुटिकासाथ नेपाल आएर विगत ६ महिना बाट राष्ट्रिय आबिस्कार केन्द्रमा यस बिषयमा अनुसन्धान गरिरहेका छन् ।

“कोरनामहामारीको कारण देशमा लकडाउन भयो, अव के गर्ने भन्ने विषमा छलफल गर्दै गर्दा फोहर प्लाटिकलाइ रिसाइकल गरेर अन्य बस्तुका उत्पादन गर्ने विचार आएको र लगत्तै घरमा भएको रोटि बनाउने मेशिनमा प्लाष्टिकका वस्तुहरु पगालेर कचौरा बनाए पछि यसबाट अन्य बस्तुहरु पनि बनाउन सकिन्छ भन्ने लागेर आफुहरु अनुसन्धानको शुरुवात गरेको” अनिहरुको भनाइ छ ।

फोहर प्लाष्टिको रिसाइकल गरि यसबाट मेच, टेवल, गमला जस्ता बस्तुहरुबनाउने विषयमा अनुसन्धान भइसकेको र अव घरको वाथरुममा लगाउने प्लाटिकको टायल, सजावटको समानहरु, र काठबाट भन्ने अन्य घरयासी सामानहरुको सट्टमा प्लाटिकबाट बनाउन सकिने विषयमा अध्ययन तथा अनुसन्धान भइरहेको थापा बताउछन् ।

“हामिले नगरे कस्ले गर्ने त जाउ नेपाल केहि गरौ दाई मात्र के भनेको थिए शशि दाइले टिकट काटिहाल्नु भयो त्यसपछि नेपाल आएर यसको अनुसन्धानमा लागि परेको छौ” बाहोराको भनाइ छ ।

प्लाटिक बाट खानेकुरा राख्ने वस्तुहरु बनाउदाँ यसले मानवको स्थास्थ्यमा असर गर्ने हुदाँ मानव जिवनमा प्रयोग हुने अन्य बस्तुहरुमात्र बातावरण लाई असर नगर्ने गरि यसको रिसाइकल गरेर बनाउनको लागि अनुसन्धान गरिरहेको उनिहरुको भनाई रहेको छ ।
टेवल तथा कुर्सिको बारेमा अनुसन्धान सम्पन्न भइसकेको र हाल यसको टिकाउ कस्तो हुन्छ भन्ने कुरामा समेत अनुसन्धान भइरेहेकोले अव छिट्टै नै यसको नतिजामा आउने उनिहरुको भनाइ छ ।

प्लाष्टिकलाइ जथावाबि नफाल्न उनिहरुले सुझाव दिदै यसलाई रिसाइकल गरि विभिन्न सजावटको सामानको साथैे विभिन्न प्रकारको बस्तुहरु बनाउन सकिने हुदाँ घरमा भएको फोहर प्लाटिक जन्य बस्तुहरुको छुटै व्यवस्थापन गर्न उनिहरुले आग्रह समेत गरेका छन् ।

हाल उनिहरुले बनाएको मेच लाई राष्टिय अनुसन्धानकेन्द्रको कार्यलय अगाडि आगन्तुकहलाई बस्नको लागि प्रयोग गरिएको छ ।

प्लाष्टिकबाट बनाइएको मेच
प्लाष्टिकबाट बनाइएको टेवल

Advertisment