सरकार ! हामीलाई खानेपानी खोई ?

पाेखरा । खानेपानीको दीर्घकालीन समाधानका लागि गण्डकी प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई अघि बढाएको छ । खानेपानीको अभाव हुन नदिन प्रदेश सरकारले यस्तो अभियान सञ्चालन गरेको वर्षौं भएपनि यसको दीर्घकालीन रुपमा समस्या समाधान हुन सकेको छैन ।

बागलुङ जैमिनी नगरपालिका ६ अर्जेवा उपल्लाे धारामा अझै पनि पानी लिन घन्टौं हिँड्र जानुपर्ने र कुर्नपर्ने बाध्यता छ । एक गाग्री पानीको लागि बिहानैदेखि लाईन बस्नु पर्ने अवथा छ । यो समस्या आजको होइन बर्षौैंदेखि त्यहाँका स्थानीयहरुले भोग्दै आएका छन् । देशमा संघीयता आएसँगै तीन तहका सरकार भएपनि यहाँका जनताले आफूहरुले सरकार भएको आभास नभएको बताउँदै आएका छन् ।

स्थानिय सरकार, प्रदेश सरकारको योजनामा एकघर एकधारा सरकारको योजना कागजमै सीमित रहेको यहाँका स्थानीयहरुले गुनासो । स्थानीय घर भएका अजय केसीले सरकार भएको आफूहरुलाई आभास नएको बताए । ‘नेता ज्यूहरुले भोट माग्न आउँछन् । तर, स्थानीयको समस्या सुन्ने, उहाँहरु भाषण मात्र गर्नुहुन्छ,’ उनले भने, ‘तपाईंहरुको भाषण कति सुन्ने नेता ज्यू अब भाषण होइन हामीलाई खानेपानी देऊँ ।’ यहाँ खानेपानी अभावको समस्यालाई दृष्टिगत आयोजना पनि परेका छैन । रिजर्भ ट्यांकी पनि छैन । पानी लिन घण्टौं हिँड्र कुवामा पुग्नुपर्छ ।

Advertisment