पर्यटकीय गन्तव्य बन्दै तीनधारे झरना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कोरोना सङ्व्रmमणको समयदेखि सामाजिक सञ्जालमा प्रख्यात रहेको तीनधारे झरना हेर्नका लागि शुव्रmबार र शनिबार पर्यटकको भीड लाग्ने गरेको छ ।

रोसी गाउँपालिका–२ का वडाध्यक्ष हस्तमान लामाले सामाजिक सञ्जालमा तीनधारे झरनाको विषयमा भिडियो तथा अन्य सामग्री आएपछि झरना हेर्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

“तीनधारे झरना प्राचीनकालदेखि नै बगेको हो, प्रचारप्रसारको अभावका कारण चर्चामा आउन नसकेको यो झरना पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो,” वडाध्यक्ष लामाले भन्नुभयो, “झरना हेर्नका लागि बिदाबाहेकका दिनमा दैनिक सयको हाराहारीमा पर्यटक आउँछन् भने शुव्रmबार र शनिबार पाइलो टेक्ने ठाउँ हुँदैन ।”

उहाँले शुव्रmबार र शनिबार दुई/तीन हजार मानिस झरना हेर्नका लागि आउने गरेको बताउनुभयो । उहाँले झरनामा आउने पर्यटकको सङ्ख्या बढेसँगै झरनासम्म सहज रूपमा जानका लागि पर्यटन मन्त्रालय र वडाको साझेदारीमा करिब पाँच करोड रुपियाँको लागतमा सडकका केही उकालोमा सडक ढलान गर्ने, नाली बनाउने काम भइरहेको बताउनुभयो ।

उहाँले सडक ढलान तथा नाली निर्माणसँगै झरनासम्म जाने पदमार्गमा रेलिङ हाल्ने काम तथा झरनासम्म जाने कम्तीमा दुई फिट चौडाइको बाटो बनाउने कामको लागि ठेक्का सम्झौता भई काम भइरहेको बताउनुभयो ।

वडाध्यक्ष लामाले वडाभित्र तीनधारे झरनाका साथै महाभिर झरना र रानी झरनासमेत रहेकाले यी दुई झरनाको प्रचार तथा विकासका लागि वडाले विभिन्न निकायसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले झरनाको अवलोकन गर्न आउने पर्यटक बस्नका लागि वडाले होमस्टेको अवधारणा अघि बढाएको बताउनुभयो ।

जिल्लाको रोसी गाउँपालिका–९, मङ्गलटारका तीर्थबहादुर तामाङले तीनधारे झरना साँच्चै मनमोहक रहेको बताउनुभयो । “सामाजिक सञ्जालतिर झरनाको भिडियो आएको देख्दा जाने ठुलो इच्छा थियो, आज आउने मौका मिल्यो, झरनासम्म आइपुग्दा एउटा छुट्टै आनन्दको महसुस भयो” शनिबार झरना पुग्नुभएका तामाङले थप्नुभयो । उहाँले झरनासम्म पुग्न सडकको मर्मत तथा पदमार्गको चौडाइ बढाउनुपर्ने, सिँढी बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । स्थानीय गोविन्द थापाले तीनधारे झरनामा स्वदेशी तथा विदेशी पर्यटक आएसँगै स्थानीय नागरिकको आर्थिक अवस्था सुधार भएको बताउनुभयो ।

Advertisment