युद्धको चपेटामा परेर मर्नु छैन, फर्किन मन छ- इजरायल युद्धमा फसेका पोखराका सुरजले जीवन रक्षा माग्दै प्रधानमन्त्रीलाई लेखेको पत्र

अध्ययनकाे शिलशिलामा इजरायलमा पुगेका पाेखराका एक युवकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै जीवन रक्षाकाे अपील गरेका छन् । इजरायल र पेलिस्टाइनबीच युुद्ध भैरहदा हजार भन्दा बढीकाे ज्यान गैसकेको छ । कैयाै नेपाली पनि युद्धमा फसेका छन् ।

अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् ।

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’

सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् । इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।

Advertisment