नेपाल एग्रो लाइभले संचालनमा ल्यायो एग्रो मार्ट

ललितपुर | नेपालमा कृषि क्षेत्रमा नयाँ सम्भावनाहरुको खोजी गर्ने र कृषकहरुलाई आकर्षित गर्दै सुलभ दरमा व्यावसायिक कृषि तर्फ युवाहरुलाई आकर्षित गर्ने अनि नेपाल मा कृषि यान्त्रीकरणसँगै प्रविधि विस्तार गर्ने उद्धेश्यले नेपाल एग्रो लाइभ सुरु भएको थियो । यसै बिचमा नेपाल एग्रो लाइभले एग्रो मार्ट अर्थात कृषि बजार समेत संचालनमा ल्याएको छ ।

ललितपुरको नखिपोटमा रहेको  एग्रो मार्ट  अर्थात कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले देख्न पाइन्छ । खास गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोगबाट उत्पादित उपजहरुलाई एग्रो मार्टले विक्रिको लागि विशेष जोड दिएको छ ।

“धेरै उच्च प्रविधिको प्रयोगभन्दा पनि नेपाल सुहाउँदो प्रविधिको प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्छ, हामी कृषि, औजार उपकरण बेच्ने होइन उत्पादन बढाउन उत्प्रेरक गर्ने संस्थाको रुपमा नेपाल एग्रो लाइभ रहेको छ । सम्बन्धित कृषक वर्गलाई नै आधुनिक कृषि प्रविधि, सीप र शिक्षा को पहुँचमा पु¥याउनसके आगामी दिनमा कृषिबाट नै कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने र यसबाट रोजगारीको लागि पलायन हुने ठूलो परिमाणको जनशक्तिलाई नेपालमा नै रोकेर समृद्ध राष्ट्र निर्माणको दायित्व पूरा गर्न सकिने कम्पनीको विश्वास छ । कृषिको लागि आवश्यक पर्ने सबै सेवाहरु (सम्भाव्यता अध्ययन, कृषि सामाग्री÷उपकरण, बिऊमल, कृषिको तौरतरिका, जग्गाको तयारी, उत्पादन, भण्डारण, बजारीकरण एवं तालिम लगायत) एकै ठाऊँबाट उपलब्ध गराउने योजना बमोजिम कम्पनीले काम गरेको छ ।

दिगो कृषिको आधारः आधुनिक प्रविधिको बिस्तार’ भन्ने नारा सहित निरन्तर कृषिको व्यावसायीकरणमा अघी बढिरहेको यस कम्पनीले यसका साथै कौशी खेती गर्न चाँहनेहरुका लागि कौशीखेतीको नयाँ अभियान समेत चलाइरहेको छ । नेपालमा पहिलेदेखि कौशीखेती सुरु भए पनि व्यावसायिक, अत्याधुनिक र प्रविधिमार्फत भने पछिल्ला बर्षहरुमा मात्र सुरु भएको देख्न सकिन्छ, हो यहि कौशीखेतीको नविनतम अभ्यासको सुरुवात समेत नेपाल एग्रो लाइभले गरीरहेको छ ।

कौशीखेती गर्न चाहनेका लागि कम्पनीले १५ देखि १६ हजारमा सम्पूर्ण प्याकेज उपलब्ध गराउँदै आएको छ । यो प्याकेजमा ५० वटा ग्रो ब्याग, सिजनल तरकारी र सागको गुणस्तरीय बीउ, माइक्रोन्युट्रेन्ट, अर्गानिक मल र विषादी, निमको तेल, हजारी, सुरुवाती समयदेखि तरकारी फलेको अवस्था सम्मको परामर्श र तालिमको सुविधा समेत नेपाल एग्रो लायभले उपलब्ध गराएको छ । साथै कम्पनीले विभिन्न इन्डोर तथा आउटडोर प्लान्टहरु समेत यसै मार्ट मार्फत विक्रि वितरण गर्दै विभिन्न बाली विरुवाको बारेमा समेत आवश्यक परामर्श र उपलब्ध गराईरहेको छ ।
पछिल्लो समय नेपालमा कृषि क्षेत्रलाई कसरी व्यावसायिक बनाउने र कृषिमा युवाहरुलाई कसरी आकर्षित गर्ने भन्ने कुरामा केन्द्रित रहँदै आएको नेपाल एग्रो लाइभले भर्खरै संचालनमा ल्याएको एग्रो मार्ट अर्थात कृषि बजारलाई हाम्रो पनि शुभकामना ।

Advertisment