अष्ट्रेलियामा बसेर फिटनेस र शारीरिक सुगठनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाएका सुजन सिल्पकार पोखरामा आयोजित विभिन्न कार्यक्रमहरूमा सम्मानित भएका छन्।

नेवा मिसा पुचः कास्कीको ११औं वार्षिक साधारण सभाको अवसरमा, उनलाई समाजसेवा र फिटनेस क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरियो। सो अवसरमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्यले शिल्पकारलाई फेटा, ट्रफी र पुष्पगुच्छाले सम्मान गरे। त्यसैगरी, पोखरामा नयाँ सडक सुधार समिति र दरबार थोक दिदीबहिनी समूहले पनि सिल्पकारलाई सम्मान प्रदान गरे।

काठमाडौंमा टोखा नगरपालिकाले पनि सिल्पकारलाई सम्मान गरेको छ। त्यस्तै गरि नेपाल खेलकुद महासंघ, उपत्यका विशेष प्रदेश समितिले राजधानीमा भव्य समारोहको आयोजना गर्दै सिल्पकारसहित अन्य खेलकर्मीहरूलाई सम्मानपत्र प्रदान गर्यो। सो अवसरमा संघका अध्यक्ष सूर्य बहादुर बुढाथोकी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सिल्पकारले यसअघि NRNA Award, Prithvi Excellence Award 2024 सहित ९ वटा प्रतिष्ठित Trainer Awards प्राप्त गरिसकेका छन्। उनले ९० भन्दा बढी गोल्ड मेडलहरू जितेका छन् र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका छन्। हाल उनी अष्ट्रेलियामा पर्सनल फिटनेस ट्रेनरका रूपमा कार्यरत छन् र आगामी नेचुरल ओलम्पिया २०२५, लस एन्जल्स, अमेरिकामा सहभागी हुन तयारी गरिरहेका छन्।
सुजन शिल्पकारलाई विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय निकायहरूले पनि सम्मानित गरेका छन्। उनले
-
APPRECIATION AWARD
-
2020/2021 Nepalese Society of Northern Tasmania
-
2021 Northern Tasmania Football Club, Launceston
-
2022 Laligurans Cricket Club Sydney
-
2021/2023 NRNA Sports Men of the Year
-
2024 Global Fitness Champion (Adelaide)
-
-
RECOGNITION AWARD 2023
-
Australia Government (Parliament of NSW), presented by Jason Li (MP)
-
जस्ता सम्मानहरू प्राप्त गरेका छन्।

सिल्पकारले सम्मान समारोहमा भने, “म परिवारको सहयोगले यो सम्म आएको छु र अझै म मेहनत गर्न कहिल्यै पछाडि पर्दिनँ। प्राप्त सम्मानहरूले मलाई अझ जिम्मेवार बनाएको छ।”
आज सुजन सिल्पकार नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेका छन् र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उजागर गर्दै देशको सम्मान बढाइरहेका छन्।




