सवारी साधनमा समस्या आयो? अटोहब नेपाल डटकमले दिनेछ समाधान!

काठमाडौं — गाडी बिग्रिएपछि नजिकको भरपर्दो ग्यारेज खोज्ने झन्झट अब पुरानो कुरा बन्न पुगेको छ। नेपालका ग्यारेज व्यवसायीहरूलाई डिजिटल संसारसँग जोड्ने उद्देश्यले लुभ्या ट्रेडिङ्ग प्रा. लि. ले नयाँ डिजिटल प्लेटफर्म “अटोहब नेपाल डटकम” को यही शुक्रवारदेखि औपचारिक शुरुवात गरेको छ। यस प्लेटफर्ममार्फत उपभोक्ताले आफ्नो मोबाइल वा कम्प्युटरबाट नै नजिकको विश्वसनीय ग्यारेज, अटो पार्ट्स, लुब्रिकेन्ट र अटो सेवा प्रदायकहरू सजिलै खोज्न सक्नेछन्।

यससम्वन्धी वेबसाइटको ललितपुरस्थित बग्गी अटोवर्कसका सञ्चालक पुष्प महर्जनले उद्घाटन गर्नुभयो। महर्जनले भन्नुभयो, “लुभ्या ट्रेडिङ्गले लामो समयदेखि लुव्रिकेण्ट्स आपूर्ति गर्दै आइरहनुका साथै हामीले पनि यसको गुणस्तरीय उत्पादन प्रयोग गर्दै आइरहेका छौं। भविश्यमा समेत AutoHubNepal.com ले ग्यारेज सञ्चालक र ग्राहकबीचको विश्वास अझ मजबुत र दरिलो बनाउने कुरामा हामीले विश्वास लिएका छौं।

कार्यक्रममा लुभ्या ट्रेडिङ्ग प्रा.लि. का व्यवस्थापन प्रमुख बिबिज्ञ बर्तौलाले यस प्लेटफर्मका विशेषताहरू र आगामी योजनाबारे जानकारी दिनुभयो। वहाँले भन्नुभयो, “AutoHubNepal.com ले ग्यारेज व्यवसायलाई मात्र डिजिटल बनाउने होइन, ग्राहक र व्यवसायीबीच विश्वास र भरोषाको समेत पुल निर्माण गर्नेछ। ग्राहकले घरमै बसेर आफ्नाो नजिकको र भरपर्दो ग्यारेज सजिलै फेला पार्न सक्नेछन्। हाम्रो लक्ष्य व्यवसायीहरूलाई बजारमा प्रतिस्पर्धी एवम् सशक्त ब्रान्ड बनाउन सहयोग गर्नु नै हो।”

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मीरा रिजालले भन्नुभयो, “हामीले AutoHubNepal.com मार्फत ग्यारेज व्यवसायलाई मात्र होइन, ग्राहकलाई पनि सरल, सजिलो, छिटो र भरपर्दो सेवा दिने प्रणाली विकास गरेका छौं। डिजिटल प्रविधिको प्रयोग गरी ग्यारेजलाई एक ब्रान्डको रूपमा परिणत गर्ने हाम्रो पहिलो प्राथमिकता हो।”

उहाँले थप्नुभयो, “यस प्लेटफर्ममा ‘Near Me’ सुविधा उपलब्ध छ, जसले स्थानको आधारमा नजिकको ग्यारेज सजिलै खोज्न मद्दत गर्छ। सेवा विवरण, खुल्ने समय, स्थान, फोटो, रेटिङ र ग्राहक प्रतिक्रिया पनि उपलब्ध हुने भएकाले उपभोक्ताले सहजै निर्णय गर्न सक्नेछन्। प्रमाणित प्रोफाइल, WhatsApp बुकिङ प्रणाली, अनलाइन च्याट सपोर्ट र फेसबुक/इन्स्टाग्राम प्रचारजस्ता आधुनिक डिजिटल उपकरणहरू पनि यसमा समावेश छन्।”

हाल अटोहब नेपाल डटकमले काठमाडौं उपत्यकामा सेवा दिइरहेको छ भने भविस्यामा यस कम्पनीले छिट्टै देशव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्ने योजना समेत बनाएको छ।

अटोहब नेपाल डटकमका डेभलपमेण्ट प्रमुख प्रकाश अधिकारीले बताउनुभयो, “यो प्लेटफर्मले व्यवसायी र ग्राहक, दुवैलाई सुविधा दिन गुगल र अन्य सर्च इन्जिनमा SEO अनुकूलित प्रोफाइल, मोबाइलबाटै चल्ने वेबसाइट, WhatsApp मार्फत बुकिङ, फेसबुक, इन्स्टाग्राम र गुगल विज्ञापनमार्फत प्रचार–प्रसार गर्ने लगायतका विकल्पहरू उपलब्ध गराइरहेको छ। ग्राहकहरूले दिएको रेटिङ र रिभ्युबाट यस व्यवसायप्रति विश्वसनीयता आर्जन भएको तथा अनलाइन बुकिङ र फिडब्याक प्रणालीले सेवा प्रक्रियालाई अझ थप प्रभावकारी बनाएको छ।”

सो उद्घाटन कार्यक्रममा काठमाडौं अटो स्टेशनका सञ्चालकले अटोहब नेपाल डटकमले ग्यारेज व्यवसायीहरूलाई प्रोत्साहन गर्ने र ग्राहकहरूलाई राम्रो, विश्वासिलो र भरपर्दो ग्यारेज सजिलै पत्ता लगाउन सहयोग गर्ने बताउनुभयो। यो प्रणालीले व्यवसायी र ग्राहकलाई सजिलै आवद्ध गर्ने माध्यमको रुपमा काम गरेको उल्लेख गर्दै वहाँले यस प्रणालीबाट आफूहरू खुसी रहेको समेत बताउनुभयो।

कार्यक्रममा एस ए सि मोटर प्रा.लि का सञ्चालकले  एस प्रकारको कार्यले आफुहरु एकदम खुसिभएको बताउनु भयो साथै उहाँले  यस कार्यले हामिलाई लुभ्या  ट्रेडिङ्ग प्रा.लि. कम्पनि प्रति विश्वास अझ बढेको र लुभ्या  ट्रेडिङ्ग प्रा.लि. प्रति  आफुहरु एकदम खुसि भएको बताउनु भयो ।

अटोहब नेपाल डटकममा BlueFish र Powerex ब्रान्डहरू विक्रि वितरण गर्नेका लागि निःशुल्क Listing सेवा उपलब्ध छ। जसले व्यवसायीहरूलाई डिजिटल प्लेटफर्ममार्फत आफ्नो उपस्थिति बलियो बनाउन र नयाँ ग्राहक जुटाउन सहयोग गर्नेछ।

लुभ्या ट्रेडिङ्ग प्रा.लि. ले दुबईका गुणस्तरीय सामग्री प्रयोग गरी भारतमा प्याकेजिङ्ग गरिएको र शतप्रतिशत प्रयोगशाला परीक्षण प्रमाणित लुब्रिकेन्ट ब्रान्डहरू — BlueFish र Powerex नेपालभरका थुप्रै ग्यारेजहरूमा वितरण गर्दै आइरहेको मात्र नभई ग्राहकबाट प्रशंसा समेत पाइरहेको छ।

Advertisment