बखुण्डोलमा कासा असाई क्याफे Casa açaí cafe

काठमाडौँ । पढ्न र कामको लागि विदेशीने नेपाली युवाको कमी छैन । अहिले यो हाम्रो देशव्यापी लहर नै हो । तर, केही युवा यस्ता छन् जो विदेशमा पढेर पनि स्वदेशमै भविष्य खोज्छन् । जसमा अलिकति माटोको माया, परिवारको ममता र आफ्नै परिवेशमा केही गर्ने हुटहुटि देखिन्छ । तीनैमा पर्छन् बुढानीलकण्ठ नगरपालिका पासिकाेटका युवा इरोश न्यौपाने ।

काठमाडौँ सरस्वतीनगरको हालको एपेक्स लाईफ बोर्डिङ स्कूलमा प्रारम्भिक स्कुले जीवन उनले बिताए । माध्यमिक र उच्च माध्यमिक सेन्ट पल स्कूलबाट उत्तिर्ण गरेपछि क्यानडामा बीबीएको पढाई सके । इभेण्ट म्यानेजमेण्ट र केही व्यावसायिक सीप सिकेपछि इरोशको मन मातृभूमितिर मोडियो । क्यानडा हुँदैमा नेपालकै आतिथ्यता क्षेत्रमा केही गर्ने हुटहुटि साँचेका उनले ललितपुरको झम्सिखेल बखुण्डोलमा ( ब्रिटीस स्कुल नजिक ) कासा असाई क्याफे Casa açaí cafe क्शुरु गरेका छन् ।

इरोश भन्छन् ,“ विदेशमा पढेपनि घरपरिवारसँगै देशमै हस्पिटालीटी क्षेत्रमै केही गरौ भन्ने थियो, त्यसैले यो व्यवसाय शुरु गरेको छु ।” एपेक्स लाईफ स्कूलका अध्यक्ष एवम् नेशनल प्याब्सन ( एन प्याब्सन ) का अध्यक्षसमेत रहनुभएका बुवा सुवास न्यौपाने र आमा विन्दु अधिकारी न्यौपानेबाट यसका लागि धेरै प्रेरणा पाएको उनको भनाई छ । नया स्वाद लिन त्यहा आएका खानाका पारखीहरू पनि असाई फलेभरकाे खाना मीठो रहेकाे बताउछन ।

खानपीनमा ब्राजीलीयन वातावरणको परिवेशबाट असाइ Casa açaí काे प्रचलन शुरु भएको मानिन्छ । नविनतम सोचसहित असाइको फलेभर पछयाएर बस्ने र खाने ठाउँको एम्बियन्सलाई त्यही फलेभर दिन खोजेका इरोश आफ्नो यो नयाँपनको पारख गर्न नेपालका स्वादका पारखीहरुलाई अनुरोध गर्छन् । कासा असाई क्याफेमा उनले आसाइ बोलसहित आइसक्रिम, बेकरी र कफिको आइटम प्रस्तुत गरेका छन् ।

Advertisment