उपत्यकामा हिऊँसँग रमाए पर्यटक

मंगलबार रातीदेखीको वर्षा पछि देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भएपछि लगातार पानी पर्ने तथा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैक्रममा काठमाडौ आसपासका उच्च पहाडी क्षेत्रहरु फुल्चोकी, दामन, चन्द्रागिरी लगायतका स्थानमा बाक्लो हिमपात भएको छ । हिमपातसँगै ती क्षेत्रमा दिनभरीनै पर्यटकहरुको घुईँचो लागेको थियो । प्रत्यक्ष हिऊँ देख्न हिमाली भेगमै जान बाध्य काठमाडौंबासी उपत्यका नजिकै हिमपात हुँदा बिहानैदेखी ती क्षेत्रमा हिऊँ खेल्न युवायुवतीहरुको बाकलो भिंड लागेको थियो ।

Advertisment