संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै छ ।

संसद भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिबेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत र पारित गर्ने कार्यसूची छ ।

विधेयक जसरी पनि पारित गराउने सत्तारुढ नेकपाको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षिको रणनीतिले आज पनि संसदमा झडपको स्थिति आउन सक्ने देखिन्छ ।

यसअघि माघ ८ गतेको बैठकमा पनि कांग्रेसले विधेयक प्रस्तुत हुन नदिन संसद बैठक अबरुद्ध गरेको थियो । ८ गतेको बैठक कार्यसूचीमा प्रबेश गर्न नसकेपछि आजलाई सारिएको हो ।

Advertisment