पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडाैं । पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ ।

अधिकारीकाे महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाे उपचारमा संलग्न चिकित्सिकहरुले बताएका छन् । काठमाडौंस्थित ह्याम्स अस्पतालले पत्रकार सम्मेलन गर्दै उहाँकाे फोक्सो र मुटुको समस्याका कारण भर्ना भएको र सम्पूर्ण उपचार गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेको जनाएको हो । ह्याम्स अस्पताल क्रिटिकल केयर सेवाका संयोजक डाक्टर हेमराज पनेरुले अधिकारीको सम्पूर्ण अंगहरुले काम गर्न छाडिसकेकाे जानकारी गराउनुभयो । उहाँले अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेकोले उहाँकाे स्वास्थ्मा सुधार हुने अवस्था न्यून रहेकाे बताउनुभयो । पछिल्लो २४ घण्टामा अधिकारीको पिसाव हुन नसकेको र कृतिम श्वासप्रश्वासका लागी भेन्टिलेटरमा राखिएको छ ।

अधिकारीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, कानुनमन्त्री भानुभक्त ढकाल र नेता कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका थिए । अधिकारी लामो समयदेखि छातीको संक्रमणबाट पीडित हुनुहुन्छ ।

Advertisment