महाशिवरात्रि अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ । त्यस अवसरमा पशुपतिमा पूजारीबाट राष्ट्रपति भण्डारीले टिकाप्रसाद ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पुगेको केही मिनेटपछि नै उपराष्ट्रपति पुनले पशुपतिनाथको दर्शन गर्नुभएको हो । उहाँले पनि पूजारीबाट टिकाप्रसाद ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथमा भारतलगायत अन्य देशका दर्शनार्थीहरुको घुइँचो लागेको छ । यो वर्ष अघिल्लो वर्षको भन्दा दर्शनार्थीहरुको घुइँचो बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेशका लागि दर्शनार्थीहरुलाई मित्रपार्क, जयबागेश्वरी र पिंगलास्थानबाट व्यवस्था मिलाइएको र भित्र पुगेपछि पाँच वटा लाईनको व्यवस्था गरिएको थियो ।

Advertisment