‘मुलुकमा राष्ट्रिय विद्रोह हुन्छ’

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन् । पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको यो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यसविरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नुभयो । ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुने’ नेता महतोको दावी छ । नेता महतोले शीर्ष नेताहरुलाई औलो सोझ्याउँदै आफ्ना पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गर्नुभयो ।

जिल्ला अदालत कैलालीले बुधबार टिकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ । नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौंधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

Advertisment