‘अधिकारीद्वयको निधनले मुलुकलाई अपूरणीय क्षति’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वमन्त्री रवीन्द्र अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षतिभएको उल्लेख गर्नुभयो ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम उहाँले शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । उहाँले पीडित परिवारलाई पनि शोकलाई शक्तिमा बदलेर दिवंगत आफ्न्तको राष्ट्र निर्माण गर्ने अधुरा सपना पूरा गराउन अग्रणी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले मन्त्री अधिकारी, पूर्वअर्थमन्त्री अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प पनि गर्नुभयो ।

अध्यक्ष दाहालले भरतमोहन अधिकारीलाई निष्ठावान नेताको रुपमा चित्रण गर्नुभएको थियो भने रविन्द्र अधिकारीलाई मुलुक समृद्ध बनाउन संकल्प लिएका युवा नेताको रुपमा स्मरण गर्नुभएको थियो ।

Advertisment