राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जानुभएको हो । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रीत अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नुहुनेछ । यस्तै, साइडलाइन बार्तामा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गर्नुहुनेछ ।

Advertisment