सरकारकाे निर्णयमा सत्तापक्षकै सांसदद्वारा आपत्ति

काठमाडाैं । सरकारले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउनुभयो । संविधानको धारा ५६ को उपधारा ५ मा स्वायत्तताका कुरा उल्लेख भए पनि स्वशासनको कुरा सहमति गर्दैमा पूरा हुन नसक्ने सांसद रावलले बताउनुभयो । देशको सर्वोपरि हित र स्वाभिमानका लागि मेल नखाने सहमतिलाई सच्याउन पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता रावलले सरकारसँग माग गर्नुभयो ।

त्यस्तै सांसद डा मीनेन्द्र रिजालले गृहमन्त्रीले सिके राउतसँग भएको सम्झौताबारे जानकारी माग गर्नुभयो ।

Advertisment