राजपा सरकारबाट फिर्ता

काठमाडाैं । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका सांसद महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो । सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ सरकारलाई दिएको समर्थन आइतबारबाटै फिर्ता लिने निर्णय पार्टीले गरेको बताउनुभयो ।

सांसद रायले सङ्घीयता र संविधानका बारेमा सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमति सकारात्मक भए पनि त्यस सहमतिमा परेका केही बुँदा नेपालको स्वाधीनता र स्वतन्त्रतासँग मेल नखाने भन्दै जनअभिमतको विषय पनि सरकारबाट स्पष्ट आउन आवश्यक रहेको बताउनुभयो ।

मधेश आन्दोलनका घटनाबारे छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरिएसम्म सदन चल्न नदिने घोषणा गर्नुभयो ।

Advertisment