सरकार र सिके बीचकोे सहमतिमा नेविसंघको विरोध

काठमाडाैं । नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोध गरेको छ । नेपाल विद्यार्थी संघले मंगलबार सरकार र सिके राउतबीचकोे राजनीतिक सहमतिविरुद्ध प्रदर्शन गरेको हो ।

बागबजारबाट निस्किेको विरोध ¥याली प्रदर्शनी मार्ग हुँदै पुन बागबजारमा पुगेर कोण सभामा परिणत भएको थियो । सम्झौता राष्ट्रघाती भएको भन्दै नेविसंघले ११ बुँदे सम्झौता सच्याउन माग गरेको छ ।

स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र सरकारबीच भएको सम्झौतामा प्रयोग भएको शब्द दोहोरो अर्थ लाग्ने भएको र त्यसले राष्ट्रमा विखण्डन ल्याउने भन्दै सत्तारुढ दलकै नेताहरुले पनि सम्झौताको विरोध गर्दै आएका छन् ।

Advertisment