सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको पार्टीले राजनीतिक चरित्र गुमाएको निष्कर्ष निकालेको हो ।

सरकारले पटक पटक आह्वान गर्दा पनि चन्द नेतृत्वको समूह वार्तामा नआएको, विकासनिर्माणमा अवरोध पुर्याउँदै आएकोले उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो ।

Advertisment