मूलधारको राजनीति नै उत्तम विकल्प : खाँड

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई संवादको माध्यमबाट नै राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु भन्दा राष्ट्रिय राजनीतिकको मूल धारमा ल्याउन सरकारले प्रयास गर्नु नै उत्तम विकल्प भएको बताउनुभयो । पटक पटक गरिरहेको हिंसात्मक गतिविधि स्विकार्य नभएको भन्दै विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

Advertisment