पाँच दिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर स्वदेश फर्कनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले स्वागत गरेका थिए । उहाँको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो । राष्ट्रपति भण्डारी, परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी फाल्गुन २६ गते अमेरिका जानुभएको थियो । (

Advertisment