सिक्टा सिंचाई आयोजनाको समस्या समाधान गरिने : ऊर्जामन्त्री

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजनामा देखिएको समस्यालाई समाधान गर्दै अघि बढ्ने बताउनुभएको छ ।

नेपाल इञ्जिनियर्स एशोसियसनले ललितपुरमा आयोजना गरेको सिक्टा सिंचाइ आयोजना, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले सिक्टाका बारेमा नयाँ अध्ययन गरेर अघि बढाईने बताउनुभयो । उक्त आयोजनाका लागी निकै रकम खर्च भइसकेको र कोहिमाथि आरोप लगाउनुभन्दा पनि आयोजनामा भएका त्रुटीलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय गौरवको यो सिक्टा सिंचाई आयोजनाको मुल नहर निर्माण सम्पन्न नहुँदै भत्किएको छ । सरकारले यो समस्या समाधानका लागि सहसचिव तिवारी नेतृत्वको छानबिन समिति गठन गरेको थियो । समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । हालसम्म उक्त आयोजनाको ५७ प्रतिशत मात्र भौतिक काम भएको छ ।

Advertisment