‘हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको ऐजेण्डा नछाड्ने : राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा हिन्दु राष्ट्र पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्नुभएको छ । फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनमा आमसभालाई सम्बोधन गर्दै थापाले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको ऐजेण्डा नछाड्ने बताउनुभयो । थापाले संविधान बनेपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत माग्नुभएको छ ।

वाइड बडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको थापाले आरोप लगाउनुभयो । सरकारले सिके राउतसँग गरेको सम्झौतामा राष्ट्र विखण्डनको मुद्दा त्यागेको प्रतिवद्धता नभएकाले उक्त सहमति शंकास्पद रहेको थापाले बताउनुभयो । थापाले विप्लव समूहको रुपमा फेरि नयाँ माओवादीको जन्म भइरहेको पनि तर्क गर्नुभयो ।

Advertisment