चार पाङग्रे सवारी उत्पादनका लागि १० अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरि १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो । बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । बैठकले सो कार्यदललाई ३ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सीमा पनि तोकेको छ ।

अरुण तेश्रो आयोजनाको वित्तियस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ । बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भईरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरि आयोजनाहरुको स्वीकृत गरेको छ । छनौट गरि स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात,पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डले जानकारी दिएको छ ।

Advertisment