लगानी सम्मेलन सफल हुने : डा. राजन भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले सरकारले लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको बताउनु भयो ।

सरकारले प्रस्ताव गरेकोभन्दा बढि नै लगानीको प्रतिबद्धता आउने भन्दै उहाले अहिले ३० खर्बको परियोजनाहरु प्रस्तुत गरिएको जानकारी दिनुभयो । भट्टराईले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन अत्यन्तै सान्दर्भिक रहेको जिकिर गर्नुभयो । मुलुकको आवश्यकत्ता र औचित्यअनुसार नै सरकारले विदेशी लगानी भित्र्याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्वराजदुत डा. शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । विदेशी लगानी धेरै भित्र्याउनको लागि नेपालले कम्पिटिटिभ वातावरण बनाउनुपर्नेमा बताउनु भयो ।

त्यसैगरी पूर्व अर्थसचिव तथा राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भुषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको भन्दै यसलाई कर्मकाण्डीमात्र बनाउन नहुने तर्क गर्नुभयो ।

Advertisment