कलंकी मालपोत नमुना कार्यालय बन्ने : मन्त्री अर्याल

काठमाडौं । सरकारले देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवाग्राहीको कामलाई छिटो, छिरितो सम्पन्न गर्न यो प्रणाली ल्याउने बताउनु भयो ।

आईतबार कलंकीस्थित मालपोत कार्यालयको निरीक्षण गर्दै मन्त्री अर्यालले असार मसान्त भित्र उपत्यकाका सबै मालपोत तथा नापी कार्यालयमा र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने बताउनु भयो । उहाँले कलंकी मालपोत कार्यालयमा बैंकिङ सेवा संचालन गरी नमुना कार्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ । मन्त्री अर्यालले कलंकीपछि डिल्ली बजार र त्यसपछि चावहिलमा रहेको मालपोत कार्यालयको सेवामा तत्काल सुधार ल्याउन सुधारका पहलहरुलाई अघि बढाइएको दाबी गर्नुभयो ।

Advertisment