मन्त्री पुनले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सरकार संचालनको पछिल्लो एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री पुनले ०७४ चैत्र ३ मा मन्त्रालय सम्हाल्नुभएको थियो । मन्त्री पुनले सरकार संचानको एक वर्षमा श्वेतपत्रमा उल्लिखित नीतिगत एवं कार्यगत मार्गचित्रले लिएका लक्ष्यहरु अनुरुप कार्य गर्न मन्त्रालय तथा मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग प्राप्त भएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५–८५ को अवधिलाई ‘ऊर्जा तथा जलस्रोत दशक’ को रुपमा मनाउने गरी काम भईरहेको उहाले बताउनुभयो । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी नाराका साथ ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा कार्यक्रम संचालनमा ल्याइएकोले उक्त कार्यक्रम प्रभावकारी हुने उहाँको दाबी छ । त्यस्तै उहाँले जलविधुत् उत्पादनका लागि धेरै आयोजनाहरु अघि बढेको र अन्य देशहरुसँग पनि यस क्षेत्रमा सहकार्यका लागी सहमति गरिएको बताउनुभयो ।

Advertisment