नेकपा अध्यक्ष दाहाल अमेरिका प्रस्थान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका जानु भएको छ ।

अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि अमेरिका जानु भएको हो । दाहालको साथमा उहाकी स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका जानुभएको छ । सीताको उपचार अमेरिकाको जोन हकिङ्स अस्पतालमा हुने र त्यहाँ प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने अध्यक्ष दाहालले बताउनुभयो ।

उहाले मुलुकको राजनीतिक अवस्था र पार्टीको एकताको बाकी काम पुरा गर्न पनि आफु चाडै स्वदेश फर्कने जानकारी दिनुभयो । अध्यक्ष दाहालले अमेरिकामा रहँदा केहि भेटघाट हुन सक्ने र त्यसको व्यवस्था परराष्ट्र मन्त्रालयले गरिरहेको बताउनुभयो । दाहाललाई बिमानस्थलमा सुवास नेम्वाङ, देवेन्द्र पौडेल सुनिल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतले विदाइ गर्नुभएको थियो । दाहाल यसअघि नै अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो । तर, भनेजुएला काण्डपछि भ्रमण स्थगित भएको थियो ।

Advertisment