हतियार नबुझाए सरकार हतियार लिन घरघर जाने : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको बताउनु भएको छ ।

विराटनगरमा तरकारी तथा फलफूल बजारको उद्घाटनमा प्रधानमन्त्री ओलीले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको उल्लेख गर्नुभयो । लुटेरा समूहलाई हतियार बुझाउने समय दिएको र समयमा नबुझाए सरकार हतियार लिन आफैँ घरघरमा जाने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश संचालनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले असामाजिक, लुटपाट, हिँसात्मक, विध्वंशात्मक गतिविधि गर्न नपाइने र त्यो छुट सरकारले कसैलाई नदिने स्पष्ट पार्नुभयो ।

Advertisment