चन्दलाई वार्तामा ल्याई समस्या समाधान गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभाको बैठकमा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मुलुक दशवर्षको जनयुद्धले थलिएको अवस्थामा शान्ति सम्झौताको १२ बुँदे सहमतिमा चन्दको पनि संलग्नता भएको हुँदा सो सम्झौताको पालना चन्दले पनि गर्नुपर्ने बताउनु भयो । सांसद अधिकारीले द्वन्द्वका कारण नेपाली जनताले फेरि दुःख पाउने उल्लेख गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि राजनीतिक रुपमै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद वृषेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन शीघ्र सार्वजनिक गर्न माग गर्नुभयो ।

Advertisment