ट्राफिक प्रहरीद्वारा उपत्यकामा विशेष जाँच अभियान

काठमाडौं । ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै उपत्यकामा विशेष जाँच अभियान चलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखि विशेष जाँचको व्यवस्था मिलाएको हो ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ । होली पर्वमा गत वर्ष २२ वटा दुर्घटना भएका थियो ।

 

Advertisment