राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक : नेता सापकोटा

काठमाडौं । राप्रपा नेता शम्भुप्रसाद सापकोटाले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सापकोटाले पछिल्लो समय मुलुक दलीय भागबण्डाको चपेटामा परेकोले यसबाट मुलुकलाई मुक्त गराउन भएपनि राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक परेको बताउनु भयो ।

नेता सापकोटाले नेपालमा राजा बलियो हुँदा दललाई लखट्ने र दल बलियो हुँदा राजा हटाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले गत फागुण ७ गते प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ७ बुँदे माग पत्र बुझाएको जानकारी जानकारी दिनुभयो ।

सापकोटाले बुझाएको मागपत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने, राष्ट्रिय सहमतिका साथ मुलुकलाई अघि बढाउनुपर्ने लगायतका माग समावेश गरिएको छ ।

Advertisment