लगानी सम्मेलनको तयारी पुगेन : नेता महत

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन स्वागत योग्य रहेको बताउनु भएको छ ।

बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिको लागि लगानी सम्मेलन आवश्यक रहेको स्पष्ट पार्नुभएको छ । नेता महतले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो हुन नसकेको जिकिर गर्नुभयो । विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने धारणा राख्नुभयो । महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको भन्दै उद्योग, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, उहाँले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उहाँले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

Advertisment