भागबण्डाका कारण नेकपाको एकता प्रक्रियाकामा ढिलाइ

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतापछिको भागबण्डाका कारण नेकपाको एकता प्रक्रियाका बाकी काम पुरा हुन नसकेको बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनले काठमाडौमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय भेलामा पोखरेलले पार्टीको हरेक ठाउँमा भागबण्डाकै आधारमा सदस्य चयन गर्न खोज्दा एकता प्रक्रियाका बाँकी काम पुरा हुन नसकेको आरोप लगाउनुभएको हो । पार्टीको स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पानुभयो । नेकपाका सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले एकताअघि दुई पार्टीको सांगठनिक संरचनाको अभ्यासलाई परिवर्तन गर्दै अब श्रृंखलाबद्ध कमिटि प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभयो । तत्कालीन नेकपा (एमाले) जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै मन्त्री पोखरेलले दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढनखोज्दा अलमल भइरहेको बताउनु भयो । .

त्यस्तै उहाँले अहिले सरकारलाई असफल पार्न चारैतिरबाट हमला हुन थालेको भन्दै वर्तमान सरकार ५ वर्षसम्म जनता लोकप्रियताका आधारमा चल्ने जिकिर गर्नुभयो । उहाले सरकार कानून बनाउन केन्द्रीत हुनुपर्ने भएको हुँदा केही ढिलाइ भए पनि अब द्रुत गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisment