सरकारको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले विकासका काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

कांग्रेस काठमाडौं वडा नंवर ७ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई न्यूनतम शान्तिसुरक्षा पनि सरकारले दिन नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर कही केही पनि काम नगरेको दाबी गर्नुभयो ।

नेता सिंहले अहिले सरकार बिफल भइसकेकोले अब कांग्रेस शसक्त भूमिकाका साथ जनतामाझ जानुपर्ने तर्क गर्नुभयो । अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिदै उहाँले विगतका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Advertisment