देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन सकेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताउनु भएको छ । राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने विश्वासका साथ जनताले दुई तिहाइ मत दिएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदर्श दम्पतीका रुपमा गौतम र तुलसी थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, वर्षमान पुन र ओनसरी घर्ती तथा मदन सत्याल र नर्मदेश्वरी सत्याललाई सम्मान गरिएको थियो ।

Advertisment